२०८३, १० कार्तिक मंगलबार

यूएईमा ‘सम्भावित हवाई खतरा’को चेतावनी, अमेरिकी दूतावास सतर्क

यूएईमा ‘सम्भावित हवाई खतरा’को चेतावनी, अमेरिकी दूतावास सतर्क


काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई)स्थित अमेरिकी दूतावासले ‘सम्भावित हवाई खतरा’बारे चेतावनी जारी गरेको छ। दूतावासले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै यूएईमा रहेका अमेरिकी नागरिकहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको हो।

दूतावासका अनुसार हालको अवस्थालाई नजिकबाट निगरानी गरिँदैछ। साथै, नागरिकहरूलाई यूएई सरकारका निर्देशन पालना गर्न र आवश्यक परे सुरक्षित स्थानमा आश्रय लिन तयार रहन सुझाव दिइएको छ।

यसअघि यूएईले आफ्नो देशभित्र इरानबाट प्रक्षेपित मिसाइल र ड्रोनद्वारा लक्षित गरिएको जनाएको थियो। पछिल्ला घटनाक्रमले क्षेत्रीय सुरक्षा अवस्था थप संवेदनशील बनेको देखिन्छ।

अमेरिकी पक्षले यूएईका लागि ट्राभल एडभाइजरीलाई लेभल ३ मा यथावत् राखेको छ, जसअनुसार ‘यात्रा पुनर्विचार गर्न’ सल्लाह दिइएको छ।

दूतावास र वाणिज्य दूतावासका सेवा भने सञ्चालनमा रहेको जनाइएको छ। तर जोखिमलाई ध्यानमा राख्दै गैर–आपतकालीन अमेरिकी सरकारी कर्मचारीहरूलाई यूएई बाहिर सारिएको दूतावासले जनाएको छ।

हाल मध्यपूर्व क्षेत्रमा बढ्दो तनावका कारण सुरक्षा चुनौतीहरू थप जटिल बन्दै गइरहेका छन्।

प्रकाशित मिति : २०८३, २१ बैशाख मंगलबार  ७ : ४९ बजे

हुम्लामा छाउपडी प्रथा कायमै, अन्त्यका लागि सडक नाटक 

हुम्ला । हिमाली जिल्ला हुम्लामा अझै परम्परागत कुप्रथा छाउपडी यहाँका दुरदराजका

फलामको डण्डा भाँचेर शक्ति प्रदर्शन गर्दै धामीहरु

हुम्ला । हुम्लाको अदानचुली गाउँपालिका–२, श्रीनगर माझ्खाडामा विजया पूर्णिमाको अवसरमा

एमाले राष्ट्रिय भेलाको तयारी तीव्र, ३ हजार १६४ प्रतिनिधि सहभागी हुने

काठमाडौं । नेकपा (एमाले)ले आगामी मंसिर २ र ३ गते

कात्तिक १२ देखि जावलाखेलमा १९औँ गोदावरी फूल प्रदर्शनी हुने

काठमाडौं । आसन्न तिहार तथा छठ पर्वलाई लक्षित गर्दै ललितपुरको

इजरायलमा सत्ताको महासंग्राम, नेतान्याहुको भविष्य मतदाताको हातमा

काठमाडौं । युद्ध, सुरक्षा विफलता र चर्को राजनीतिक विवादको घेरामा