२०८३, ३० भाद्र बुधबार

देशमा सुरक्षित र समावेशी डिजिटल इकोसिस्टम निर्माण सरकारको प्राथमिकता : सञ्चारमन्त्री तिमिल्सिना

देशमा सुरक्षित र समावेशी डिजिटल इकोसिस्टम निर्माण सरकारको प्राथमिकता : सञ्चारमन्त्री तिमिल्सिना


काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले देशमा सुरक्षित, विश्वसनीय, समावेशी तथा दिगो डिजिटल इकोसिस्टम निर्माण सरकारको प्रमुख प्राथमिकता भएको बताएका छन्।

राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस, २०८३ का अवसरमा शुभकामना सन्देश जारी गर्दै मन्त्री तिमिल्सिनाले सूचना प्रविधि अब विकल्प नभई सुशासन, प्रभावकारी सेवा प्रवाह, आर्थिक विकास र नागरिक सशक्तीकरणको आधारभूत आवश्यकता बनिसकेको उल्लेख गरे।

उनले डिजिटल नेपाल निर्माणको लक्ष्यलाई व्यवहारमा उतार्दै सार्वजनिक सेवा प्रणालीलाई थप सरल, पारदर्शी, उत्तरदायी र नागरिकमैत्री बनाउने दिशामा सरकार अघि बढिरहेको बताए। मन्त्रालयले आगामी दशकलाई लक्षित गर्दै दीर्घकालीन सूचना प्रविधि रणनीति निर्माण तथा डिजिटल सार्वजनिक पूर्वाधार विकासलाई उच्च प्राथमिकतामा राखेको पनि उनले जानकारी दिए।

मन्त्रीका अनुसार नागरिक ‘एप’लाई थप सुदृढ बनाउँदै राज्यका अत्यावश्यक सेवाहरू एउटै डिजिटल प्लेटफर्ममार्फत सहज रूपमा उपलब्ध गराउने व्यवस्था विस्तार गरिँदैछ।

नेपाललाई सूचना प्रविधि, डेटा अर्थतन्त्र तथा कृत्रिम बुद्धिमत्ता (एआई) को क्षेत्रीय केन्द्रका रूपमा विकास गर्ने उद्देश्यसहित राष्ट्रिय एआई नीति, साइबर सुरक्षा नीति तथा सूचना प्रविधिसम्बन्धी कानुनी र संस्थागत संरचनामा सुधार कार्य तीव्र पारिएको उनले बताए।

देशभर उच्च गतिको ब्रडब्यान्ड इन्टरनेट विस्तार, सरकारी डाटा सेन्टर तथा डिजास्टर रिकभरी प्रणाली सुदृढीकरण, डिजिटल साक्षरता अभिवृद्धि तथा दक्ष जनशक्ति उत्पादनमार्फत डिजिटल विभाजन न्यूनीकरण गर्ने सरकारको लक्ष्य रहेको पनि उनले स्पष्ट पारे।

साथै, सूचना प्रविधि क्षेत्रलाई रोजगारी सिर्जना, स्टार्टअप विकास र राष्ट्रिय अर्थतन्त्रको नयाँ वृद्धि इन्जिनका रूपमा स्थापित गर्ने लक्ष्य लिएको उनले बताए।

डिजिटल रूपान्तरणमा सबै क्षेत्रको सहकार्य आवश्यक रहेको उल्लेख गर्दै मन्त्री तिमिल्सिनाले निजी क्षेत्र, प्राज्ञिक संस्था, विकास साझेदार, सञ्चारमाध्यम र नागरिकलाई साझा यात्रामा सहभागी हुन आह्वान गरेका छन्।

प्रकाशित मिति : २०८३, १८ बैशाख शनिबार  ८ : ५९ बजे

सांसद बोलिरहेकै बेला गृहमन्त्री हिँडेपछि सदनमा बबाल, ऐन महरले सोधे-‘मर्यादा प्रतिपक्षले मात्रै राख्ने हो ?’

काठमाडौं । प्रतिनिधिसभामा सांसद बोलिरहेका बेला गृहमन्त्री अगाडिबाट हिँडेपछि नेकपा एमालेका

एमालेको प्रधानमन्त्रीलाई चेतावनी : ‘एक्लै काफी छु’ भन्ने अहंकार नदेखाउनू

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री बालेन शाहलाई विपद्को समयमा ‘एक्लै काफी

चीनको बढ्दो प्रभावले बदलिँदै विश्व व्यवस्था, अमेरिका–चीन द्वन्द्वको जोखिम उच्च

काठमाडौं । चीनले राष्ट्रपति सी चिनफिङको नेतृत्वमा विश्व व्यवस्थामा आफ्नो

अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैँ तिहारलाई लक्षित गर्दै बैंक

सूर्यविनायक गणेश रथारोहण एवं रथ जात्राको तयारी पुरा

भक्तपुर, २९ भदौ : गणेश जन्मोत्सवको अवसरमा उपत्यकाका चार विनायक