२०८३, २९ भाद्र मंगलबार

बल्खुमा डोजर पुगेपछि तनाव, बासिन्दामा सामान सार्ने हतार

बल्खुमा डोजर पुगेपछि तनाव, बासिन्दामा सामान सार्ने हतार


काठमाडौं । काठमाडौं उपत्यकामा अतिक्रमित तथा नदी किनारका बस्ती हटाउने सरकारी अभियान दोस्रो चरणमा प्रवेश गरेको छ। सोही क्रममा आज बिहानै बल्खु क्षेत्रमा डोजर पुगेसँगै स्थानीयमा तनावको अवस्था देखिएको छ।

घरटहरा भत्काउने तयारीसँगै ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ भने प्रभावित बासिन्दाहरू अझै पनि सामान सार्न व्यस्त देखिन्छन्। डोजर पुगेपछि धेरै परिवार अन्तिम क्षणसम्म आफ्नो सरसामान सुरक्षित स्थानतर्फ लैजान दौडधूप गरिरहेका छन्।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले यसअघि नै सूचना जारी गर्दै बिहीबार साँझसम्म बस्ती खाली गर्न अल्टिमेटम दिएको थियो। सोही सूचनापछि प्रभावित क्षेत्रका बासिन्दाहरूले धमाधम घर खाली गर्ने र सामान सार्ने काम सुरु गरेका थिए, जुन क्रम आज बिहानसम्म पनि जारी रहेको छ। सरकारले आजदेखि टेकुको वंशीघाट, शंखमूल, बुद्धनगर, बल्खु, कुलेश्वर, कपन, वसुन्धारा, गोंगबु, बालाजु र माछापोखरीलगायतका क्षेत्रमा अतिक्रमित जग्गा खाली गराउने तयारी गरेको जनाएको छ।

यसअघि पहिलो चरणअन्तर्गत सिनामंगलको गैरीगाउँ, शान्तिनगर, मनोहरा र थापाथली क्षेत्रका बस्तीहरू हटाइसकिएको छ।

प्रकाशित मिति : २०८३, १७ बैशाख शुक्रबार  ९ : ३२ बजे

सांसद बोलिरहेकै बेला गृहमन्त्री हिँडेपछि सदनमा बबाल, ऐन महरले सोधे-‘मर्यादा प्रतिपक्षले मात्रै राख्ने हो ?’

काठमाडौं । प्रतिनिधिसभामा सांसद बोलिरहेका बेला गृहमन्त्री अगाडिबाट हिँडेपछि नेकपा एमालेका

एमालेको प्रधानमन्त्रीलाई चेतावनी : ‘एक्लै काफी छु’ भन्ने अहंकार नदेखाउनू

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री बालेन शाहलाई विपद्को समयमा ‘एक्लै काफी

चीनको बढ्दो प्रभावले बदलिँदै विश्व व्यवस्था, अमेरिका–चीन द्वन्द्वको जोखिम उच्च

काठमाडौं । चीनले राष्ट्रपति सी चिनफिङको नेतृत्वमा विश्व व्यवस्थामा आफ्नो

अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैँ तिहारलाई लक्षित गर्दै बैंक

सूर्यविनायक गणेश रथारोहण एवं रथ जात्राको तयारी पुरा

भक्तपुर, २९ भदौ : गणेश जन्मोत्सवको अवसरमा उपत्यकाका चार विनायक