२०८३, १० कार्तिक मंगलबार

टौबास क्षेत्रको अतिक्रमणबारे भिमफेदी गाउँपालिकाको कडा पत्र

टौबास क्षेत्रको अतिक्रमणबारे भिमफेदी गाउँपालिकाको कडा पत्र


मकवानपुर । भीमफेदी गाउँपालिकाले वडा नं १ को टौबास क्षेत्रमा देखिएको सडक क्षेत्र तथा हेटौडा सिमेन्ट उद्योगको जग्गा अतिक्रमणबारे आपत्ति जनाएको छ। गाउँपालिकाले सडक विभाग, बबरमहल काठमाडौं र हेटौडा सिमेन्ट उद्योग लिमिटेडलाई पत्राचार गर्दै यथाशीघ्र सत्य तथ्य विवरण उपलब्ध गराउन माग गरेको हो।

“हेलो सरकार” मार्फत जिल्ला प्रशासन कार्यालय मकवानपुर हुँदै उक्त क्षेत्र खाली गराउने सम्बन्धमा पत्र प्राप्त भएपछि गाउँपालिकाले यस विषयलाई गम्भीर रूपमा लिएको जनाएको छ। गाउँपालिका अध्यक्ष हिदम लामाका अनुसार, आफ्नो कार्यकालमा सो क्षेत्रमा कुनै पनि घरटहरा निर्माणका लागि गाउँपालिका वा वडाबाट सिफारिस वा स्वीकृति प्रदान गरिएको छैन।

गाउँपालिकाले उक्त क्षेत्रमा निर्माण कार्य कसको अनुमति र कुन आधारमा गरिएको हो भन्ने स्पष्ट पार्न माग गर्दै सम्बन्धित निकायको भूमिकामाथि प्रश्न उठाएको छ। साथै, भारतीय पर्यटकहरूको समेत आकर्षणको केन्द्र बन्दै आएको उक्त क्षेत्रले स्थानीय तथा ग्रामीण अर्थतन्त्रमा योगदान पुर्‍याउँदै आएको सन्दर्भमा व्यवसाय सञ्चालनको वैधानिक अवस्थाबारे समेत स्पष्ट निर्देशन दिन आग्रह गरिएको छ।

गाउँपालिकाले यथाशीघ्र आधिकारिक जानकारी उपलब्ध नगराए थप कानुनी प्रक्रिया अगाडि बढाउने संकेत समेत दिएको छ। साथै, प्राप्त निर्णय र जानकारी सामाजिक सञ्जालमार्फत सार्वजनिक गरी स्थानीय समुदायलाई सूचित गर्नुपर्नेमा पनि जोड दिएको छ।

प्रकाशित मिति : २०८३, १७ बैशाख शुक्रबार  ९ : ०९ बजे

हुम्लामा छाउपडी प्रथा कायमै, अन्त्यका लागि सडक नाटक 

हुम्ला । हिमाली जिल्ला हुम्लामा अझै परम्परागत कुप्रथा छाउपडी यहाँका दुरदराजका

फलामको डण्डा भाँचेर शक्ति प्रदर्शन गर्दै धामीहरु

हुम्ला । हुम्लाको अदानचुली गाउँपालिका–२, श्रीनगर माझ्खाडामा विजया पूर्णिमाको अवसरमा

एमाले राष्ट्रिय भेलाको तयारी तीव्र, ३ हजार १६४ प्रतिनिधि सहभागी हुने

काठमाडौं । नेकपा (एमाले)ले आगामी मंसिर २ र ३ गते

कात्तिक १२ देखि जावलाखेलमा १९औँ गोदावरी फूल प्रदर्शनी हुने

काठमाडौं । आसन्न तिहार तथा छठ पर्वलाई लक्षित गर्दै ललितपुरको

इजरायलमा सत्ताको महासंग्राम, नेतान्याहुको भविष्य मतदाताको हातमा

काठमाडौं । युद्ध, सुरक्षा विफलता र चर्को राजनीतिक विवादको घेरामा