२०८३, ३ भाद्र बिहीबार

धनुषाका वरिष्ठ सई सागरशम्सेर जबरा निलम्बन

धनुषाका वरिष्ठ सई सागरशम्सेर जबरा निलम्बन


जनकपुरधाम । जिल्ला प्रहरी कार्यालय धनुषामा कार्यरत वरिष्ठ नायव निरीक्षक (वरिष्ठ सई) सागरशम्सेर जबरा निलम्बनमा परेका छन्। प्रहरी संगठन र कार्यालय प्रमुखलाई बद्नाम गर्ने उद्देश्यले बनावटी अडियो तयार गरी सार्वजनिक गराएको आरोपमा उनीमाथि विभागीय कारबाही प्रक्रिया अघि बढाइएको हो।

प्रहरी स्रोतका अनुसार जबराले एक व्यापारीसँगको फोन संवादलाई योजनाबद्ध रूपमा रेकर्ड गरी त्यसमा कृत्रिम रूपमा कथा जोडेर अडियो तयार पारेका थिए। उक्त अडियोमा एक उच्च प्रहरी अधिकारी (डीआईजी) लाई रकम बुझाउने विषयमा संवाद भएको जस्तो देखिन्छ, जसले संगठनको छवि प्रभावित बनाउने उद्देश्य राखेको प्रहरीको दाबी छ।

मधेश प्रदेश प्रहरी कार्यालयले घटनालाई गम्भीर रूपमा लिँदै प्रहरी नियमावली २०७१ (संशोधनसहित) अनुसार निलम्बनका लागि प्रहरी प्रधान कार्यालयमा सिफारिस गरेको थियो। सोही आधारमा जबरालाई निलम्बन गरिएको हो।

मधेश प्रदेश प्रहरीका सहायक प्रवक्ता एसपी भेषराज रिजालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “संगठनलाई बद्नाम गराउने नियतले प्रहरी आचरण विपरीत कार्य भएको प्रारम्भिक निष्कर्षका आधारमा निलम्बन प्रक्रिया अघि बढाइएको हो।” उनले घटनाबारे विस्तृत छानबिन जारी रहेको र तथ्य प्रमाणका आधारमा थप कारबाही हुने जानकारी दिए।

हाल प्रहरी प्रशासनले सर्वसाधारण तथा सञ्चार माध्यमलाई अपुष्ट र भ्रामक अडियो तथा सूचनाको पछि नलाग्न आग्रह गरेको छ। छानबिन सम्पन्न भएपछि मात्र घटनाको यथार्थ विवरण सार्वजनिक गरिने बताइएको छ।

यस घटनाले प्रहरी संगठनभित्र अनुशासन, प्रविधिको दुरुपयोग, तथा सार्वजनिक विश्वासको विषयलाई पुनः चर्चामा ल्याएको छ।

प्रकाशित मिति : २०८३, ७ बैशाख मंगलबार  १ : ५८ बजे

पासपोर्ट प्रकरणमा प्रधानमन्त्रीसँग छलफल भएको अख्तियार प्रमुखको खुलासा

काठमाडौं । पासपोर्ट ठेक्का विवादमा अभियोजन अघि बढाउनुअघि प्रधानमन्त्रीसँग छलफल

बागमतीको मुख्यमन्त्रीमा किरण थापा नियुक्त

हेटौँडा । बागमती प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका किरण थापा मगर

दुई तिहाइको अंकले मात्रै संविधान संशोधन हुँदैन : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

गरिमा हत्या प्रकरणमा आक्रोश चुलियो, सिमरा प्रहरी कार्यालय घेराउदेखि सडक बन्दसम्म

बारा । तीन वर्षीया गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनाले

वागमती प्रदेशमा एमाले नेतृत्वमा नयाँ सरकार गठनका लागि दाबी पेश बिहिबार मुख्यमन्त्रीको सपथ

====================================== सहमती लगत्तै आजै एमाले नेता किरण थापा मगरले वागमती