२०८३, १० कार्तिक मंगलबार

टर्कीको अन्टालियामा हुने २२औं विश्व केम्पो च्याम्पियनसिपका लागि नेपाली टोली प्रस्थान

टर्कीको अन्टालियामा हुने २२औं विश्व केम्पो च्याम्पियनसिपका लागि नेपाली टोली प्रस्थान


काठमाडौं । टर्कीको अन्टालियामा आयोजना हुने २२औं विश्व केम्पो च्याम्पियनसिपमा सहभागी हुन नेपाली केम्पो टोली प्रस्थान गरेको छ। अप्रिल २६ सम्म सञ्चालन हुने उक्त प्रतियोगितामा नेपालबाट १६ सदस्यीय टोली सहभागी हुने भएको हो।

नेपाल केम्पो खुकुरी फेडेरेसनका अध्यक्ष पाभेल शाहको नेतृत्वमा गएको टोलीमा ६ पुरुष र ४ महिला खेलाडी समावेश छन् भने अन्य सदस्यहरू अफिसियल र अभिभावक रहेका छन्।

महिलातर्फ अञ्जना शाही (५० केजी), प्रिशा राज्यलक्ष्मी शाह (२२ केजी), इरा गौतम (२५ केजी) र मोनालिशा धामी (६० केजी) ले सेमी केम्पोमा प्रतिस्पर्धा गर्नेछन्। अञ्जना शाहीले काता र सेल्फ डिफेन्स तथा इरा गौतमले कातामा पनि चुनौती प्रस्तुत गर्नेछिन्।

पुरुषतर्फ सुरेश पराजुली (६५ केजी), सुलभ श्रेष्ठ (३० केजी) र कृदिक्स विक्रम कुँवर (२५ केजी) ले सेमी केम्पोमा प्रतिस्पर्धा गर्नेछन्। दिलमान लामाले फुल केम्पो, काता र सेल्फ डिफेन्स विधामा भाग लिनेछन्। यमन पाण्डेले फुल केम्पो, सेमी केम्पो, सबमिसन, सेल्फ डिफेन्स र काता गरी पाँच विधामा प्रतिस्पर्धा गर्नेछन् भने शिवहरी राईले सेमी र फुल केम्पोसहित काता र सबमिसनमा चुनौती प्रस्तुत गर्नेछन्।

टोली प्रस्थानका क्रममा अध्यक्ष पाभेल शाहले खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्दै पदक जित्ने विश्वास व्यक्त गरेका छन्। खेलाडीहरूले पनि देशको नाम उच्च राख्ने प्रतिबद्धता जनाएका छन्।

प्रकाशित मिति : २०८३, ६ बैशाख सोमबार  १० : ४७ बजे

हुम्लामा छाउपडी प्रथा कायमै, अन्त्यका लागि सडक नाटक 

हुम्ला । हिमाली जिल्ला हुम्लामा अझै परम्परागत कुप्रथा छाउपडी यहाँका दुरदराजका

फलामको डण्डा भाँचेर शक्ति प्रदर्शन गर्दै धामीहरु

हुम्ला । हुम्लाको अदानचुली गाउँपालिका–२, श्रीनगर माझ्खाडामा विजया पूर्णिमाको अवसरमा

एमाले राष्ट्रिय भेलाको तयारी तीव्र, ३ हजार १६४ प्रतिनिधि सहभागी हुने

काठमाडौं । नेकपा (एमाले)ले आगामी मंसिर २ र ३ गते

कात्तिक १२ देखि जावलाखेलमा १९औँ गोदावरी फूल प्रदर्शनी हुने

काठमाडौं । आसन्न तिहार तथा छठ पर्वलाई लक्षित गर्दै ललितपुरको

इजरायलमा सत्ताको महासंग्राम, नेतान्याहुको भविष्य मतदाताको हातमा

काठमाडौं । युद्ध, सुरक्षा विफलता र चर्को राजनीतिक विवादको घेरामा