२०८३, २० आश्विन बुधबार

सेयर बजार १३ अंकले घट्यो, ४ कम्पनीमा १५ प्रतिशतसम्मको उछाल

सेयर बजार १३ अंकले घट्यो, ४ कम्पनीमा १५ प्रतिशतसम्मको उछाल


काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार परिसूचक (नेप्से) १३.१७ अंकले घटेर २८२५ अंकमा झरेको छ।

कारोबार सुरु भएको केही मिनेटमै नेप्से २८४५ अंकसम्म पुगे पनि दिनभरको उतारचढावपछि बजार घटेर बन्द भएको हो। अघिल्लो दिन ५ अंकले बढेको बजार आज भने दबाबमा देखियो। आज कारोबार रकम पनि घटेर ५ अर्ब ४३ करोड रुपैयाँमा सीमित भएको छ, जुन अघिल्लो दिन ७ अर्ब ४६ करोड थियो।

आज ६५ कम्पनीको सेयर मूल्य बढ्दा १९७ कम्पनीको घट्यो भने ६ कम्पनी स्थिर रहे। क्षेत्रगत सूचकमा होटल तथा पर्यटन समूह १.०१ प्रतिशतले बढेको छ। तर अन्य सबै समूह घटेका छन्। बैंकिङ ०.८४, विकास बैंक ०.१६, फाइनान्स ०.७०, हाइड्रोपावर ०.२३, लगानी ०.८४, जीवन बीमा ०.६२, उत्पादन तथा प्रशोधन ०.८४, माइक्रोफाइनान्स ०.४९, निर्जीवन बीमा ०.११, अन्य ०.४० र व्यापार समूह ०.३३ प्रतिशतले घटे।

आज ४ कम्पनीको सेयर मूल्य १५ प्रतिशतले वृद्धि भएको छ। ती कम्पनीहरूमा सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक, होटल फरेस्ट इन, पाल्पा सिमेन्ट इन्डस्ट्रिज र शिखर पावर रहेका छन्। त्यस्तै झापा इनर्जी ११.८८ प्रतिशत, रिजलाइन इनर्जी १०.९९ प्रतिशत र सुपर खुदी हाइड्रोपावर ५.३५ प्रतिशतले बढे।

अर्कोतर्फ दोल्ती पावर ५.३५ प्रतिशत र एसियन हाइड्रोपावर ४.५० प्रतिशतले घटेका छन्। आज धेरै कारोबार हुने कम्पनीहरूमा होटल फरेस्ट इन, सोलु हाइड्रोपावर, नेसनल हाइड्रोपावर, आँखुखोला जलविद्युत् र रिलायन्स स्पिनिङ मिल्स रहेका छन्।

प्रकाशित मिति : २०८३, ६ बैशाख सोमबार  ३ : ५९ बजे

सरकार गठनमा समर्थन गरेकै आधारमा राप्रपाका नेतालाई कारबाही गर्नु नेतृत्वको गल्ती

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता

भोटेकोशी बाढीले घरबारविहीन ८० परिवारलाई हिमालयन भ्याकेसनको राहत

रसुवा । भोटेकोशीको विनाशकारी बाढीले घरबार, सम्पत्ति र आफन्त गुमाएका

कर्णालीको कम्युनिस्ट आन्दोलनको दस्तावेज सार्वजनिक हुँदै, बोगटीको पुस्तक असोज २१ मा लोकार्पण

काठमाडौं । कर्णालीमा कम्युनिस्ट आन्दोलन कसरी अघि बढ्यो, त्यसका आधार

कांग्रेसमा आज नेतृत्वको फैसला, सभापतिसहित केन्द्रीय पदमा निर्वाचन हुँदै (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा आज नेतृत्व चयनका लागि