२०८३, २६ भाद्र शनिबार

चलचित्र “सारथी” को मुहूर्त सम्पन्न, निरुता सिंह र उत्तम प्रधानको पुनरागमन

चलचित्र “सारथी” को मुहूर्त सम्पन्न, निरुता सिंह र उत्तम प्रधानको पुनरागमन


मकवानपुर । आज बिहान करिब ८ बजे भद्रकाली मन्दिरमा नेपाली चलचित्र “सारथी” को शुभ मुहूर्त कार्यक्रम सम्पन्न भएको छ।
सारथी चलचित्रमार्फत निरुता सिंह र उत्तम प्रधानले चरित्र अभिनेत्री अभिनेताको रूपमा पुनरागमन गर्ने भएका छन् भने, मुख्य भूमिकामा नयाँ अनुहार गिरी विश्वकर्मा र गायत्री जोशी देखिनेछन्। साथै मुकुन्द श्रेष्ठ, सम्रान्त थापा, मदन थापा, मिलन खड्का, रश्मी गुरुङ, तुलसी राई र आशा विश्वकर्मा लगायत कलाकारहरू को यस चलचित्रमा अभिनय रहनेछ । किम्भे प्रोडक्सनको ब्यानर तथा धीरज इन्फिनिटी फिल्म्स प्रा. लि. को सहकार्य रहेको चलचित्र “सारथी” धवालगीरिको काखमा रहेको म्यग्दीको गुर्जा गाउँमा छायाँङकन गरिने छ । चलचित्रमा त्यही गाउँको सत्य घटना लाई मुख्य विषय बनाएर दर्शकहरु सामु पस्कन लागिएको निर्देशक कुमार गजुरेलले जानकारी दिनुभयो ।

चलचित्रका प्रस्तुतकर्ता तारा थापा ‘किम्भे’ रहेका छन् भने निर्माता सौर्यल थापा हुन्। कार्यकारी निर्मातामा रदिप श्रेष्ठ र प्रदिप रायमाझी रहेका छन्। लाइन प्रोड्युसरको रूपमा अमीर के.सी संलग्न छन् भने सिनेम्याटो ग्राफर संकल्प भुजेल, चलचित्र निर्देशन कुमार गजुरेल ले गर्नेछन्।

प्रकाशित मिति : २०८३, ६ बैशाख सोमबार  २ : ०० बजे

सिन्धुलीको मासु प्रशोधन उद्योगमा छापामारी, गैरकानूनी रूपमा कामगर्दै चिनियाँहरू

सिन्धुली । निर्माणाधिन सिन्धुलीको मासु प्रशोधन उद्योगमा आज अध्यागमन विभाग

ग्यास अभाव विवाद चर्किएपछि उद्योगमन्त्री यादवको राजीनामा

काठमाडौं । ग्यास अभावको समस्या समाधान गर्न नसकेको भन्दै चौतर्फी आलोचना

बाढीपहिरो पीडितको उद्धार तथा राहतका लागि टेक्नो मोबाइलद्वारा १० लाख रुपैयाँ सहयोग

काठमाडौँ ।  अविरल वर्षाका कारण उत्पन्न बाढीपहिरो तथा प्राकृतिक विपद्बाट

केम्पो ओपन कपमा प्रतिस्पर्धा गर्न नेपाली टोली पोर्चुगल प्रस्थान

काठमाडौं । विश्वका करिब ३० देशका खेलाडी सहभागी हुने अन्तर्राष्ट्रिय

गगन थापा स्याङ्जा जाँदै, गोपालमान श्रेष्ठको ४५औँ पुण्यकार्यमा सहभागी हुने

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा स्याङ्जा जाने भएका छन्।