२०८३, २९ भाद्र मंगलबार

भीमफेदीमा कोदो उत्पादनमा उल्लेखनीय वृद्धि, ५५० मेट्रिक टन उत्पादनसँगै ३३ लाख बढी अनुदान वितरण

भीमफेदीमा कोदो उत्पादनमा उल्लेखनीय वृद्धि, ५५० मेट्रिक टन उत्पादनसँगै ३३ लाख बढी अनुदान वितरण


मकवानपुर । भीमफेदी गाउँपालिकामा चालू आर्थिक वर्षमा रैथाने बाली कोदो उत्पादनमा उल्लेखनीय वृद्धि भएको छ। गाउँपालिकाका अध्यक्ष हिदम लामाका अनुसार यस वर्ष कुल ४३७ परिवारले १,८९७ रोपनी क्षेत्रफलमा कोदो खेती विस्तार गरेका छन्।

उक्त खेतीबाट करिब ५५० मेट्रिक टन कोदो उत्पादन भएको कृषि शाखाले जनाएको छ। उत्पादनलाई प्रवर्द्धन तथा कृषकलाई प्रोत्साहन गर्न गाउँपालिकाले उत्पादनमा आधारित अनुदान कार्यक्रमअन्तर्गत कृषकहरूलाई कुल ३३ लाख ८३ हजार रुपैयाँ नगद अनुदान वितरण गरेको छ।

गाउँपालिकाले रैथाने बालीको संरक्षण, खाद्य सुरक्षा सुदृढीकरण तथा कृषकको आयआर्जन वृद्धि गर्ने उद्देश्यले कोदो खेतीलाई प्राथमिकतामा राख्दै विभिन्न प्रवर्द्धनात्मक कार्यक्रमहरू सञ्चालन गर्दै आएको जनाएको छ।

स्थानीय तहका अनुसार कोदो उत्पादन वृद्धि भएपछि गाउँपालिकामा आत्मनिर्भरता बढ्दै गएको र ग्रामीण अर्थतन्त्रमा सकारात्मक प्रभाव परेको छ।

प्रकाशित मिति : २०८३, ६ बैशाख सोमबार  १२ : ५७ बजे

सांसद बोलिरहेकै बेला गृहमन्त्री हिँडेपछि सदनमा बबाल, ऐन महरले सोधे-‘मर्यादा प्रतिपक्षले मात्रै राख्ने हो ?’

काठमाडौं । प्रतिनिधिसभामा सांसद बोलिरहेका बेला गृहमन्त्री अगाडिबाट हिँडेपछि नेकपा एमालेका

एमालेको प्रधानमन्त्रीलाई चेतावनी : ‘एक्लै काफी छु’ भन्ने अहंकार नदेखाउनू

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री बालेन शाहलाई विपद्को समयमा ‘एक्लै काफी

चीनको बढ्दो प्रभावले बदलिँदै विश्व व्यवस्था, अमेरिका–चीन द्वन्द्वको जोखिम उच्च

काठमाडौं । चीनले राष्ट्रपति सी चिनफिङको नेतृत्वमा विश्व व्यवस्थामा आफ्नो

अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैँ तिहारलाई लक्षित गर्दै बैंक

सूर्यविनायक गणेश रथारोहण एवं रथ जात्राको तयारी पुरा

भक्तपुर, २९ भदौ : गणेश जन्मोत्सवको अवसरमा उपत्यकाका चार विनायक