२०८३, ३० भाद्र बुधबार

इरानको चेतावनी : स्ट्रेट अफ होर्मुज पार गर्न खोजे जहाजमाथि आक्रमण हुने

इरानको चेतावनी : स्ट्रेट अफ होर्मुज पार गर्न खोजे जहाजमाथि आक्रमण हुने


काठमाडौं । विश्वकै महत्वपूर्ण तेल ढुवानी मार्ग मानिने स्ट्रेट अफ होर्मुज पुनः तनावको केन्द्र बनेको छ। इरानले उक्त जलमार्ग बन्द गर्ने घोषणा गर्दै अमेरिकी नाकाबन्दी नहटेसम्म कुनै पनि जहाजलाई आवतजावत गर्न नदिने चेतावनी दिएको छ।

इरानको इस्लामिक रिभोल्युशनरी गार्ड कोर्प्स (आईआरजीसी) नौसेनाले शनिबार जारी गरेको वक्तव्यमा स्ट्रेट अफ होर्मुज पार गर्न खोज्ने जहाजलाई ‘निशाना बनाइने’ स्पष्ट चेतावनी दिइएको छ। फारसको खाडी र ओमान सागरबाट हर्मुजतर्फ अघि बढ्ने जहाजलाई शत्रुसँगको सहकार्यका रूपमा लिइने पनि जनाइएको छ।

यसअघि पाकिस्तानको मध्यस्थतामा अमेरिका र इरानबीच भएको वार्तामा जलमार्ग खुला गर्ने सहमति भएको बताइएको थियो। तर त्यसलगत्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथिको नाकाबन्दी जारी रहने बताएका छन्। उनले इरानको युरेनियम अमेरिका लैजाने सहमति भएको दाबीसमेत गरेका थिए।

इरानले भने उक्त दाबीलाई अस्वीकार गर्दै ट्रम्पले झुटो बोलेको प्रतिक्रिया दिएको छ। साथै उसले अमेरिकी नाकाबन्दी हटाइनुपर्ने माग दोहोर्याएको छ। वार्तापछि इरानले अस्थायी रूपमा जलमार्ग खोल्दै सुरक्षित रहेको जनाएको २४ घण्टा नबित्दै पुनः तनाव चुलिएको हो। सहमतिको खबर बाहिरिएसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेको थियो। इरानका संसद् सभामुख तथा वार्ताकार मोहम्मद बाकर गालिबाफले स्ट्रेट अफ होर्मुज इस्लामिक गणतन्त्रको नियन्त्रणमा रहेको दाबी गर्दै अमेरिकी नाकाबन्दीलाई ‘अपरिपक्व निर्णय’ भन्दै आलोचना गरेका छन्।

अर्कोतर्फ, अमेरिकी राष्ट्रपति ट्रम्पले इरानले जलमार्ग बन्द गरेर ‘ब्ल्याकमेल’ गर्न नसक्ने चेतावनी दिएका छन्। उनले निर्धारित समयभित्र सहमति नभए युद्धविराम अन्त्य गरिने र नाकाबन्दी यथावत् रहने बताएका छन्। साथै आवश्यक परे पुनः सैन्य कारबाही गर्न सकिने संकेत गरेका छन्। बेलायतको युनाइटेड किंगडम मेरिटाइम ट्रेड अपरेसन्स (यूकेएमटीओ) का अनुसार इरानले भारतका दुई व्यावसायिक जहाजमाथि गोली चलाएको जनाएको छ। भारतले पनि आफ्ना झण्डावाहक जहाज ‘फायरिङ’ घटनामा परेको पुष्टि गरेको छ।

विश्लेषकहरूका अनुसार अहिले अवस्था ‘दुईतर्फी नाकाबन्दी’ जस्तो बनेको छ—एकातर्फ अमेरिकाले इरानी बन्दरगाहमा दबाब बढाएको छ भने अर्कोतर्फ इरानले स्ट्रेट अफ होर्मुज बन्द गरेर प्रतिकार गरिरहेको छ।

विश्व ऊर्जा आपूर्तिको प्रमुख मार्गमा बढ्दो तनावले अन्तर्राष्ट्रिय बजार, विशेषगरी तेल आपूर्तिमा गम्भीर असर पर्ने चिन्ता बढेको छ।

प्रकाशित मिति : २०८३, ५ बैशाख आईतबार  ७ : २६ बजे

सांसद बोलिरहेकै बेला गृहमन्त्री हिँडेपछि सदनमा बबाल, ऐन महरले सोधे-‘मर्यादा प्रतिपक्षले मात्रै राख्ने हो ?’

काठमाडौं । प्रतिनिधिसभामा सांसद बोलिरहेका बेला गृहमन्त्री अगाडिबाट हिँडेपछि नेकपा एमालेका

एमालेको प्रधानमन्त्रीलाई चेतावनी : ‘एक्लै काफी छु’ भन्ने अहंकार नदेखाउनू

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री बालेन शाहलाई विपद्को समयमा ‘एक्लै काफी

चीनको बढ्दो प्रभावले बदलिँदै विश्व व्यवस्था, अमेरिका–चीन द्वन्द्वको जोखिम उच्च

काठमाडौं । चीनले राष्ट्रपति सी चिनफिङको नेतृत्वमा विश्व व्यवस्थामा आफ्नो

अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैँ तिहारलाई लक्षित गर्दै बैंक

सूर्यविनायक गणेश रथारोहण एवं रथ जात्राको तयारी पुरा

भक्तपुर, २९ भदौ : गणेश जन्मोत्सवको अवसरमा उपत्यकाका चार विनायक