२०८३, १० कार्तिक मंगलबार

पूर्णबहादुर खड्काले बोलाए निवर्तमान पदाधिकारी र केन्द्रीय सदस्यसहितको बैठक

पूर्णबहादुर खड्काले बोलाए निवर्तमान पदाधिकारी र केन्द्रीय सदस्यसहितको बैठक


काठमाडौं । पूर्णबहादुर खड्का ले नेपाली कांग्रेस का निवर्तमान पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको बैठक बोलाएका छन्। बैठक शनिबार दिउँसो ३:३० बजे काठमाडौंको गोल्फुटारस्थित उनको निवासमा बस्ने जनाइएको छ।

सर्वोच्च अदालत ले पार्टीको आधिकारिकतासम्बन्धी दायर रिट खारेज गरेपछि उत्पन्न परिस्थितिबारे छलफल गर्न खड्काले बैठक आह्वान गरेका हुन्। अदालतको निर्णयपछि अब पार्टीभित्र अपनाइने आगामी रणनीतिबारे परामर्श गर्न उनी सक्रिय भएका छन्।

शनिबार बिहानदेखि नै खड्का आफ्ना निकटस्थ नेताहरूसँग आन्तरिक छलफलमा जुटेका छन्। सो क्रममा इन्द्रबहादुर बानियाँ र केदार कार्की लगायतका नेताहरू उनको निवास पुगेका थिए।

यसैबीच, केन्द्रीय सदस्यहरू मीन विश्वकर्मा, गुरुराज बराल, नैनसिंह महर, कुन्दनराज काफ्ले र उर्मिला थपलियालगायत नेताहरूसँग पनि खड्काले परामर्श गरेका छन्।

स्रोतका अनुसार अदालतको निर्णयपछि विकसित राजनीतिक अवस्थाबारे समेटेर खड्काले चाँडै औपचारिक धारणा सार्वजनिक गर्ने तयारी गरेका छन्। सम्भवतः आइतबारसम्म उनको आधिकारिक वक्तव्य आउने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २०८३, ४ बैशाख शनिबार  १ : २७ बजे

हुम्लामा छाउपडी प्रथा कायमै, अन्त्यका लागि सडक नाटक 

हुम्ला । हिमाली जिल्ला हुम्लामा अझै परम्परागत कुप्रथा छाउपडी यहाँका दुरदराजका

फलामको डण्डा भाँचेर शक्ति प्रदर्शन गर्दै धामीहरु

हुम्ला । हुम्लाको अदानचुली गाउँपालिका–२, श्रीनगर माझ्खाडामा विजया पूर्णिमाको अवसरमा

एमाले राष्ट्रिय भेलाको तयारी तीव्र, ३ हजार १६४ प्रतिनिधि सहभागी हुने

काठमाडौं । नेकपा (एमाले)ले आगामी मंसिर २ र ३ गते

कात्तिक १२ देखि जावलाखेलमा १९औँ गोदावरी फूल प्रदर्शनी हुने

काठमाडौं । आसन्न तिहार तथा छठ पर्वलाई लक्षित गर्दै ललितपुरको

इजरायलमा सत्ताको महासंग्राम, नेतान्याहुको भविष्य मतदाताको हातमा

काठमाडौं । युद्ध, सुरक्षा विफलता र चर्को राजनीतिक विवादको घेरामा