२०८३, १० कार्तिक मंगलबार

सर्वोच्चको फैसलापछि खड्का पक्ष सक्रिय, आजै रणनीतिक छलफल

सर्वोच्चको फैसलापछि खड्का पक्ष सक्रिय, आजै रणनीतिक छलफल


काठमाडौं । पूर्णबहादुर खड्का ले सर्वोच्च अदालतको पछिल्लो फैसलापछि आफूनिकटका नेताहरूलाई छलफलमा बोलाएका छन्। पार्टीको आधिकारिकता सम्बन्धी विवादमा उनले दायर गरेको रिट सर्वोच्चले खारेज गर्दै गगन थापा नेतृत्वको कार्यसमितिलाई मान्यता दिएपछि खड्का पक्ष सक्रिय बनेको हो।

सर्वोच्चको उक्त निर्णयपछि उत्पन्न राजनीतिक अवस्थाबारे समीक्षा र आगामी रणनीति तय गर्न आज अपराह्न ४ बजे खड्का निवासमा बैठक बोलाइएको प्रकाशशरण महत ले जानकारी दिएका छन्।

खड्का पक्षसँग निकट मानिएका तथा पूर्वसभापति शेरबहादुर देउवा समूहका नेताहरू-विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह र शशांक कोइराला लगायत-सर्वोच्चको फैसलाप्रति असन्तुष्टि जनाउँदै आएका छन्।

पार्टीभित्रको आन्तरिक शक्ति सन्तुलनमा असर पार्ने यस निर्णयपछि नेपाली कांग्रेसभित्र थप ध्रुवीकरण बढ्ने संकेत देखिएको छ। अब खड्का पक्षले कस्तो रणनीति अपनाउँछ भन्ने कुराले आगामी राजनीतिक समीकरणमा महत्त्वपूर्ण प्रभाव पार्ने देखिन्छ।

प्रकाशित मिति : २०८३, ४ बैशाख शनिबार  १२ : २० बजे

हुम्लामा छाउपडी प्रथा कायमै, अन्त्यका लागि सडक नाटक 

हुम्ला । हिमाली जिल्ला हुम्लामा अझै परम्परागत कुप्रथा छाउपडी यहाँका दुरदराजका

फलामको डण्डा भाँचेर शक्ति प्रदर्शन गर्दै धामीहरु

हुम्ला । हुम्लाको अदानचुली गाउँपालिका–२, श्रीनगर माझ्खाडामा विजया पूर्णिमाको अवसरमा

एमाले राष्ट्रिय भेलाको तयारी तीव्र, ३ हजार १६४ प्रतिनिधि सहभागी हुने

काठमाडौं । नेकपा (एमाले)ले आगामी मंसिर २ र ३ गते

कात्तिक १२ देखि जावलाखेलमा १९औँ गोदावरी फूल प्रदर्शनी हुने

काठमाडौं । आसन्न तिहार तथा छठ पर्वलाई लक्षित गर्दै ललितपुरको

इजरायलमा सत्ताको महासंग्राम, नेतान्याहुको भविष्य मतदाताको हातमा

काठमाडौं । युद्ध, सुरक्षा विफलता र चर्को राजनीतिक विवादको घेरामा