२०८३, २९ असार मंगलबार

समानान्तर गतिविधिमा खड्का विवादमा, कांग्रेसद्वारा स्पष्टीकरण सोध्ने तयारी

समानान्तर गतिविधिमा खड्का विवादमा, कांग्रेसद्वारा स्पष्टीकरण सोध्ने तयारी


काठमाडौं । नेपाली कांग्रेसले पार्टीभित्र समानान्तर गतिविधि गरेको आरोपमा निवर्तमान सभापति पूर्णबहादुर खड्कासँग स्पष्टीकरण सोध्ने तयारी गरेको छ।

पार्टीको आधिकारिक लेटरप्याड प्रयोग गर्दै कार्यवाहक सभापतिको हैसियतमा पटक–पटक विज्ञप्ति जारी गरेपछि कांग्रेस नेतृत्व असन्तुष्ट बनेको हो। यस विषयमा केन्द्रीय अनुशासन समितिको बुधबार बस्ने बैठकले औपचारिक निर्णय गर्ने तयारी गरेको एक शीर्ष नेताले बताएका छन्।

खड्काले हालै कार्यवाहक सभापतिको हैसियतमा विज्ञप्ति जारी गर्दै क्रियाशील सदस्यता खारेज गर्ने निर्णयप्रति आपत्ति जनाएका थिए। त्यसअघि पनि उनले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको पक्राउको विरोध गर्दै वक्तव्य सार्वजनिक गरेका थिए।

यस्तै, उनले १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको बैठकसमेत कार्यवाहक सभापतिको हैसियतमा बोलाएका थिए, जसलाई पार्टीभित्र ‘समानान्तर गतिविधि’का रूपमा लिइएको छ।

यसअघि १८ चैतमा बसेको अनुशासन समितिको बैठकले यस्ता गतिविधिलाई गम्भीर अनुशासन उल्लंघन मानेर कारबाही प्रक्रिया अघि बढाउने संकेत दिएको थियो।

अब बस्ने बैठकपछि खड्कासँग स्पष्टीकरण माग्ने र आवश्यक परे थप कारबाही गर्ने विषयमा कांग्रेसले निर्णय गर्नेछ।

प्रकाशित मिति : २०८३, १ बैशाख बुधबार  १० : ५२ बजे

सरकारी विज्ञापनमा एकाधिकार असंवैधानिक, सर्वोच्चले सरकारको निर्णय बदर गर्‍यो

काठमाडौं । सर्वोच्च अदालतले सरकारी विज्ञापन सरकारी स्वामित्वका सञ्चारमाध्यममा मात्रै

सरकारको कर्मचारी कटौती नीति विरुद्ध विद्रोह, अर्थ मन्त्रालय घेराउ

काठमाडौं । अस्थायी र करारका कर्मचारी हटाउने सरकारको तयारीविरुद्ध आन्दोलन

प्रतिनिधिसभाबाट दुई विधेयक समितिमा, दफावार छलफल अघि बढ्ने

काठमाडौ । प्रतिनिधिसभाले दुई महत्वपूर्ण विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित

संसद्मा सत्ता–प्रतिपक्षबीच चर्कियो आरोप-प्रत्यारोप

काठमाडौं । प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा सरकारका गतिविधिलाई लिएर सत्ता

कांग्रेसको आक्रामक प्रश्न : ‘के बालेन शाह संविधानभन्दा माथि छन् ?’

काठमाडौं। नेपाली कांग्रेसका प्रमुख सचेतक निश्कल राईले सरकारले काठमाडौं महानगरपालिकाका