काठमाडौँ । नवौँ हिन्द महासागर सम्मेलनमा सहभागी हुने सिलसिलामा मोरिससको राजधानी पोर्ट लुइसमा रहेका परराष्ट्रमन्त्री शिशिर खनालले शुक्रबार भारत, भूटान र बङ्गलादेशका विदेशमन्त्रीहरूसँग बेग्लाबेग्लै भेटवार्ता गरेका छन्।
परराष्ट्र मन्त्रालयका अनुसार, भारतका बाह्य मामिलामन्त्री एस जयशङ्करसँग भएको भेटमा नेपाल–भारतका बहुआयामिक सम्बन्धहरूको समग्र समीक्षा गरिएको छ। दुवैले आपसी हितका विविध विषयमा छलफल गर्दै द्विपक्षीय सहयोगलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
त्यसैगरी, मन्त्री खनालले भूटानका परराष्ट्र तथा वैदेशिक व्यापारमन्त्री डी एन धुङ्गेलसँग पनि भेटवार्ता गरेका छन्। भेटमा नेपाल–भूटानबीचको घनिष्ठ सम्बन्धलाई थप विस्तार गर्दै आपसी हितका प्रमुख क्षेत्रमा सहयोग अभिवृद्धि गर्ने विषयमा छलफल भएको थियो।
अन्तिममा, मन्त्री खनाल र बङ्गलादेशका परराष्ट्रमन्त्री खलिलुर रहमानसँग पनि भेटवार्ता गरेका छन्। उनीहरूले दुई देशबीचको सौहार्दपूर्ण सम्बन्धलाई सन्तोषजनक मान्दै, सहयोगका विभिन्न क्षेत्रहरूलाई विस्तार गरी पारस्परिक सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा विमर्श गरेका छन्।








प्रतिक्रिया