२०८३, २४ कार्तिक मंगलबार

अमेरिकासँगको वार्ताका लागि इरानको उच्चस्तरीय टोली इस्लामावाद पुगे

अमेरिकासँगको वार्ताका लागि इरानको उच्चस्तरीय टोली इस्लामावाद पुगे


काठमाडौं । अमेरिकासँगको शान्ति वार्ताका लागि इरानको उच्चस्तरीय प्रतिनिधिमण्डल पाकिस्तानको राजधानी इस्लामावाद पुगेको छ। इरानका सरकारी मिडियाले जनाएअनुसार, यो टोली वार्ताको तयारीका लागि इस्लामावाद आइपुगेको हो।

पाकिस्तानको विदेश मन्त्रालयले उक्त टोलीको आगमनको पुष्टि गर्दै एक वक्तव्य जारी गरेको छ। स्थानीय सञ्चारमाध्यमका अनुसार नूर खान अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी प्रतिनिधिमण्डललाई स्वागत गरिएको थियो।

इरानी प्रतिनिधिमण्डलको नेतृत्व इरानी संसदका सभामुख मोहम्मद बगर गालिबाफले गरिरहेका छन्। यस टोलीमा विदेशमन्त्री अब्बास अराघची, रक्षा परिषदका सचिव अली अकबर अहमदियान, केन्द्रीय बैंकका गभर्नर अब्दुलनासिर हेम्मती र अन्य संसद सदस्यहरू समेत सहभागी छन्।

पाकिस्तानका उपप्रधानमन्त्री र विदेशमन्त्री इसहाक डारले इरानी टोलीलाई स्वागत गरेका थिए। यस स्वागत कार्यक्रममा राष्ट्रिय सभाका सभामुख सरदार अयाज सादिक, पाकिस्तानका सेना प्रमुख सैयद आसिम मुनीर र गृहमन्त्री मोहसिन रजा नक्वी पनि उपस्थित थिए।

इरान र अमेरिकाबीच हुने सम्भावित वार्ता क्षेत्रीय र अन्तर्राष्ट्रिय स्तरमा ठूलो चासोका साथ हेरिएको छ।

प्रकाशित मिति : २०८२, २७ चैत्र शनिबार  ८ : २३ बजे

देउसी-भैलोका नाममा हुने अमर्यादित गतिविधि रोक्छौं : गृहमन्त्री

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले चाडपर्वका नाममा हुने अश्लील तथा

माछा व्यापारी र भन्सार कर्मचारी बीच सेटिङको चर्चा, पटक पटक पक्राउ परेकालाई जरिवानामा सहुलियत

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–१६ नगवामा रहेको सुरज फिस सप्लायर्सको माछा

चितवनमा उत्पादित सयपत्री र मखमली फूलको माला हङ्कङ निर्यात

चितवन । चितवनमा उत्पादित सयपत्री र मखमली फूल तथा माला

रसुवाका पिडित वालबालिकालाई लायन्स क्लवको शैक्षिक सामाग्री सहयोग

नुवाकोट। रसुवाको बिनासकारी बाढी पहिरोमा परि विद्यालय जान नसकिरहेका वालवालिकालाई