२०८३, ३ भाद्र बिहीबार

आजदेखि सरकारी कार्यालय ९ बजेदेखि खुल्ने

आजदेखि सरकारी कार्यालय ९ बजेदेखि खुल्ने


काठमाडौं । आजदेखि सरकारी कार्यालयहरू बिहान ९ बजेदेखि बेलुकी ५ बजेसम्म खुल्ने भएका छन्। आइतबार बसेको मन्त्रिपरिषद बैठकले गरेको निर्णय अनुसार, अबदेखि सरकारी कार्यालयहरू नयाँ समय तालिकाअनुसार सञ्चालन हुनेछन्। यसअघि, कार्यालय समय बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म थियो, जबकि जाडो महिनामा (कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म) समय १० बजेदेखि दिउँसो ४ बजेसम्म सन्चालन हुन्थ्यो।

मन्त्रिपरिषदले इन्धन खपत घटाउनका लागि शनिबार र आइतबार दुई दिन बिदा दिने निर्णय पनि गरेको छ। यसले गर्दा कामकाजी घण्टामा सुधार ल्याउँदै, इन्धनको बचतमा मद्दत पुग्ने अपेक्षा गरिएको छ।

यस निर्णयलाई राजपत्रमा प्रकाशित गरिएको छ र अबदेखि सरकारी कार्यालयहरू बिहान ९ बजेदेखि बेलुकी ५ बजेसम्म सञ्चालन हुनेछन्।

यो निर्णय पहिलोपटक गरिएको भने होइन। यसअघि, १ जेठ २०७९ मा शेरबहादुर देउवा नेतृत्वको सरकारमा पनि सरकारी कार्यालयहरू बिहान साढे ९ बजेदेखि बेलुकी साढे ५ बजेसम्म खुल्ने व्यवस्था लागू गरिएको थियो।

सरकारी कार्यालयहरूको समय तालिकामा यस नयाँ परिवर्तनसँगै, नागरिकहरूले सुधारिएको सेवाको अनुभव गर्ने अपेक्षा गरेका छन्।

प्रकाशित मिति : २०८२, २२ चैत्र सोमबार  ८ : १६ बजे

पासपोर्ट प्रकरणमा प्रधानमन्त्रीसँग छलफल भएको अख्तियार प्रमुखको खुलासा

काठमाडौं । पासपोर्ट ठेक्का विवादमा अभियोजन अघि बढाउनुअघि प्रधानमन्त्रीसँग छलफल

बागमतीको मुख्यमन्त्रीमा किरण थापा नियुक्त

हेटौँडा । बागमती प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका किरण थापा मगर

दुई तिहाइको अंकले मात्रै संविधान संशोधन हुँदैन : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

गरिमा हत्या प्रकरणमा आक्रोश चुलियो, सिमरा प्रहरी कार्यालय घेराउदेखि सडक बन्दसम्म

बारा । तीन वर्षीया गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनाले

वागमती प्रदेशमा एमाले नेतृत्वमा नयाँ सरकार गठनका लागि दाबी पेश बिहिबार मुख्यमन्त्रीको सपथ

====================================== सहमती लगत्तै आजै एमाले नेता किरण थापा मगरले वागमती