२०८३, २९ असार मंगलबार

आज लुम्बिनी, बागमती र कोशी प्रदेशका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

आज लुम्बिनी, बागमती र कोशी प्रदेशका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना


काठमाडौँ । नेपालमा अहिले पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभाव देखापरेको छ, जसका कारण देशका विभिन्न स्थानहरूमा मौसम परिवर्तन भएको छ। नेपालका पहाडी र हिमाली भूभागमा अहिले सामान्यतया बादल लागेका छन्, जबकि अन्य स्थानहरूमा मौसम प्रमुखत: सफा रहेको छ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार, गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थान, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थान, साथै लुम्बिनी, बागमती र कोशी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपात भइरहेको छ।

दिउँसोको समयमा देशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्ने छ भने, अन्य स्थानहरूमा आंशिक बादल लाग्ने अपेक्षा गरिएको छ। पहाडी र हिमाली भूभागका केही स्थानहरूमा मध्यम वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ।

रातीको समयमा देशका हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ, पहाडी भूभागमा आंशिक बादल लाग्नेछ र तराई भूभागमा मौसम सफा रहने सम्भावना रहेको छ। कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागका केही स्थान र बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

मौसम विभागले यस घड़ीमा चट्याङ र वर्षासँग सम्बन्धित जोखिमलाई ध्यानमा राखी जनता र यात्रुहरूलाई सतर्क रहन आग्रह गरेको छ।

प्रकाशित मिति : २०८२, २२ चैत्र सोमबार  ७ : ४८ बजे

नेपाल वायुसेवा निगममा नयाँ कार्यकारी नेतृत्व, महेश्वरभक्त श्रेष्ठलाई दोहोरो जिम्मेवारी

काठमाडौं । नेपाल वायुसेवा निगम (नेवानी) ले नयाँ कार्यकारी नेतृत्व

गणेश प्रकरणपछि सडकमा फर्कियो महानगर प्रहरी, ‘सेवा रोकिँदैन’ भन्दै एसएसपी जोशीको सन्देश

काठमाडौं । गणेश नेपालीको मृत्यु प्रकरणपछि केही दिन सडकबाट लगभग

सरकारी विज्ञापनमा एकाधिकार असंवैधानिक, सर्वोच्चले सरकारको निर्णय बदर गर्‍यो

काठमाडौं । सर्वोच्च अदालतले सरकारी विज्ञापन सरकारी स्वामित्वका सञ्चारमाध्यममा मात्रै

सरकारको कर्मचारी कटौती नीति विरुद्ध विद्रोह, अर्थ मन्त्रालय घेराउ

काठमाडौं । अस्थायी र करारका कर्मचारी हटाउने सरकारको तयारीविरुद्ध आन्दोलन

प्रतिनिधिसभाबाट दुई विधेयक समितिमा, दफावार छलफल अघि बढ्ने

काठमाडौ । प्रतिनिधिसभाले दुई महत्वपूर्ण विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित