२०८३, ११ कार्तिक बुधबार

वैशाख १५ देखि नयाँ शैक्षिक सत्र सुरु हुने, शनिबार-आइतबार बिदा

वैशाख १५ देखि नयाँ शैक्षिक सत्र सुरु हुने, शनिबार-आइतबार बिदा


काठमाडौं । सरकारले देशभरका शैक्षिक संस्थामा नयाँ शैक्षिक सत्र २०८३ साल वैशाख १५ गतेदेखि सुरु गर्ने निर्णय गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो।

सरकारका प्रवक्ता तथा शिक्षा मन्त्री सस्मित पोखरेलका अनुसार आगामी शैक्षिक सत्र निर्धारित मितिबाट सञ्चालनमा आउनेछ।

त्यसैगरी, मन्त्रिपरिषद्ले सरकारी कार्यालय तथा शैक्षिक संस्थामा सातामा दुई दिन बिदा दिने निर्णय पनि गरेको छ। अब शनिबार र आइतबार सार्वजनिक बिदा हुनेछ।

इन्धन खपत घटाउने र प्रशासनिक कार्यलाई व्यवस्थित गर्ने उद्देश्यले दुई दिने साप्ताहिक बिदा लागू गरिएको सरकारको भनाइ छ। साथै, सरकारी कार्यालयको समय बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म कायम गरिएको छ।

सरकारको यो निर्णयले शैक्षिक गतिविधि व्यवस्थित बनाउने तथा कर्मचारी र विद्यार्थीको कार्य–जीवन सन्तुलन सुधार गर्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २०८२, २१ चैत्र आईतबार  ३ : २३ बजे

आईजीपी कार्कीले दिए चाडपर्व सुरक्षा निर्देशन, संगठनभित्रका गतिविधिप्रति पनि जनाए असन्तुष्टि

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले देशभरका प्रहरी कार्यालय

नयाँ प्रविधि : नेपाली कम्युनिस्ट आन्दोलन

विश्व कम्युनिस्ट आन्दोलन इतिहासको एउटा निर्णायक मोडमा उभिएको छ। सन्

स्वस्तिमाको ‘मायालाई के दिऊँ म बैना’ले बनायो ५ करोड भ्युजको रेकर्ड

काठमाडौं । फिल्म ‘लालीबजार’को लोकप्रिय गीत ‘मायालाई के दिऊँ म

ओलीको आक्रामक अभिव्यक्ति : ‘स्वाधीनता खण्डित भयो’, एमालेले आन्दोलन गर्ने

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशको स्वतन्त्रता

मलेसिया रोजगारी ठप्प, सरकार वार्तामा अल्झियो; २५ म्यानपावरमाथि अनुसन्धान

काठमाडौं । मलेसियाको रोजगारी संकट गहिरिँदा हजारौँ नेपाली श्रमिक अन्योलमा