२०८३, २० आश्विन बुधबार

भक्तपुरमा प्रहरीको ‘स्वीप अप्रेसन’, ६० भन्दा बढी पक्राउ

भक्तपुरमा प्रहरीको ‘स्वीप अप्रेसन’, ६० भन्दा बढी पक्राउ


भक्तपुर । भक्तपुर मा सार्वजनिक शान्ति सुरक्षालाई मजबुत बनाउन जिल्ला प्रहरी परिसरले सञ्चालन गरेको ‘स्वीप अप्रेसन’का क्रममा ६० भन्दा बढी व्यक्ति पक्राउ परेका छन्।

जिल्ला प्रहरी प्रमुख सूर्यबहादुर खड्का का अनुसार शनिबार राति गरिएको उक्त अप्रेसनमा विभिन्न शंकास्पद गतिविधिमा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिइएको हो। पक्राउ परेकामाथि आवश्यक अनुसन्धान गरी कसुर अनुसार मुद्दा दर्ता गरिने उनले जानकारी दिए।

प्रहरीले ठिमी र जगाते प्रहरी वृत्तसहित जिल्लाका विभिन्न प्रभाग तथा युनिटहरू परिचालन गरी अभियान सञ्चालन गरेको जनाएको छ। सार्वजनिक स्थलमा होहल्ला गर्ने, शान्ति भंग गर्ने, लागूपदार्थ सेवन गर्ने तथा समूहमा बसेर अवाञ्छित गतिविधि गर्नेहरूलाई लक्षित गरी कारबाही गरिएको प्रहरीले बताएको छ।

प्रहरीका अनुसार नजिकिँदै गरेको बिस्केट जात्रा लाई शान्तिपूर्ण, सुरक्षित र व्यवस्थित रूपमा सम्पन्न गराउने उद्देश्यले यस्तो अप्रेसन सञ्चालन गरिएको हो।

स्थानीय प्रशासनले सर्वसाधारणलाई नियम पालना गर्न र शान्ति सुरक्षामा सहयोग गर्न आग्रह गरेको छ।

प्रकाशित मिति : २०८२, २१ चैत्र आईतबार  ८ : ०८ बजे

सरकार गठनमा समर्थन गरेकै आधारमा राप्रपाका नेतालाई कारबाही गर्नु नेतृत्वको गल्ती

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता

भोटेकोशी बाढीले घरबारविहीन ८० परिवारलाई हिमालयन भ्याकेसनको राहत

रसुवा । भोटेकोशीको विनाशकारी बाढीले घरबार, सम्पत्ति र आफन्त गुमाएका

कर्णालीको कम्युनिस्ट आन्दोलनको दस्तावेज सार्वजनिक हुँदै, बोगटीको पुस्तक असोज २१ मा लोकार्पण

काठमाडौं । कर्णालीमा कम्युनिस्ट आन्दोलन कसरी अघि बढ्यो, त्यसका आधार

कांग्रेसमा आज नेतृत्वको फैसला, सभापतिसहित केन्द्रीय पदमा निर्वाचन हुँदै (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा आज नेतृत्व चयनका लागि