२०८३, १८ आश्विन सोमबार

आज अर्याल सभामुख निर्वाचित भएको औपचारिक घोषणा हुने

आज अर्याल सभामुख निर्वाचित भएको औपचारिक घोषणा हुने


काठमाडौं । आज संघीय संसद्को दुवै सदन प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद् भवनको बहुउद्देश्यीय हलमा बस्दैछ। बैठकमा प्रतिनिधि सभाबाट रास्वपा उपसभापति डोलप्रसाद अर्याल सभामुख पदमा निर्विरोध निर्वाचित भएको औपचारिक घोषणा हुनेछ।

शुक्रबार, मनोनयन दर्ताको दिन, अर्यालको उम्मेदवारी एकल रहेको कारण उनले निर्विरोध रूपमा सभामुख पदमा चयन भइसकेका छन्। प्रतिनिधि सभा बैठक बिहान ११ बजे र राष्ट्रिय सभा बैठक दिउँसो सवा १२ बजे सुरु हुने जानकारी संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले दिए।

राष्ट्रिय सभामा सभाध्यक्षले विषयगत समितिका सदस्यहरूको नाम मनोनयन र हेरफेर गर्ने कार्यसूची तय गरेका छन्। साथै, सभाध्यक्षले अध्यक्ष र उपाध्यक्षको अनुपस्थितिमा बैठक सञ्चालन गर्ने सदस्यहरूको नाम पनि मनोनयन गर्नेछन्।

प्रधानमन्त्री बालेन शाहले महिला आयोगको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची तय भएको छ।

यसका साथै, प्रतिनिधि सभा र राष्ट्रिय सभाका कार्यसूचिहरूलाई ध्यानमा राखेर, संसदका दुवै सदनका सदस्यहरूले महत्त्वपूर्ण निर्णयहरू गर्नेछन्, जसले आगामी राजनीतिक घटनाक्रमलाई प्रभावित पार्ने छ।

प्रकाशित मिति : २०८२, २१ चैत्र आईतबार  ८ : ०३ बजे

गणेश माध्यमिक विद्यालयका नवनिर्मित भवनको उद्घाटन

भक्तपुर, १९ असोज  : वागमती प्रदेशको मुख्यमन्त्री किरण थापा मगरले

सल्लाघारीस्थित खुल्ला चौरमा यहीँ २१ गते बुधबारबाट दशैं रमाइलो महोत्सव–२०८३ सुरु हुने

भक्तपुर, १९ असोज  : नजिकिदै दशैंमा उपभेक्तालाई एकै ठाउँमा सहज,

महाधिवेशनको दोस्रो दिन : सवा ९ बजेबाट बन्दसत्र सुरु

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन आज (सोमबार) दोस्रो दिन पनि

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ७०१ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ७०१ वटा सवारीसाधनका

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय