२०८३, २० आश्विन बुधबार

राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष ध्रुव आचार्यद्वारा राजीनामा

राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष ध्रुव आचार्यद्वारा राजीनामा


काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् राखेप का उपाध्यक्ष ध्रुव आचार्यले आफ्नो पदबाट राजीनामा दिएका छन्। उनले बिहीबार युवा तथा खेलकुद मन्त्रालयसमक्ष औपचारिक रूपमा राजीनामा पेश गरेका हुन्।

मन्त्रिपरिषद्को २०८१ पुस १६ गतेको निर्णयअनुसार उपाध्यक्ष पदमा मनोनित भएका आचार्यले आफ्नो कार्यकालमा खेलकुद क्षेत्रको विकास र उन्नयनमा योगदान पुर्‍याउने प्रयास गरेको बताएका छन्।

राजीनामा पत्रमा उनले हालको कार्यव्यस्तता तथा बदलिँदो राजनीतिक परिवेशका कारण जिम्मेवारीलाई निरन्तर रूपमा प्रभावकारी ढंगले निर्वाह गर्न असमर्थ भएको उल्लेख गरेका छन्। उनले आजकै मितिदेखि लागू हुने गरी पद त्याग गरेको जनाएका छन्।

आचार्यले आफ्नो कार्यकालमा सहयोग गर्ने नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालय, परिषद्का पदाधिकारी, कर्मचारी तथा खेलकुद क्षेत्रसँग सम्बन्धित संघ–संस्था र खेलप्रेमीहरूप्रति आभार व्यक्त गरेका छन्।

साथै उनले आगामी दिनमा परिषद्ले अझ उच्च सफलता हासिल गर्दै राष्ट्रिय गौरव अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका छन्।

अब आचार्यको राजीनामा स्वीकृत गर्ने वा नयाँ उपाध्यक्ष नियुक्त गर्ने विषयमा सरकारको निर्णय आउन बाँकी रहेको छ।

प्रकाशित मिति : २०८२, १८ चैत्र बिहीबार  ६ : ४५ बजे

सरकार गठनमा समर्थन गरेकै आधारमा राप्रपाका नेतालाई कारबाही गर्नु नेतृत्वको गल्ती

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता

भोटेकोशी बाढीले घरबारविहीन ८० परिवारलाई हिमालयन भ्याकेसनको राहत

रसुवा । भोटेकोशीको विनाशकारी बाढीले घरबार, सम्पत्ति र आफन्त गुमाएका

कर्णालीको कम्युनिस्ट आन्दोलनको दस्तावेज सार्वजनिक हुँदै, बोगटीको पुस्तक असोज २१ मा लोकार्पण

काठमाडौं । कर्णालीमा कम्युनिस्ट आन्दोलन कसरी अघि बढ्यो, त्यसका आधार

कांग्रेसमा आज नेतृत्वको फैसला, सभापतिसहित केन्द्रीय पदमा निर्वाचन हुँदै (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा आज नेतृत्व चयनका लागि