२०८३, ३० भाद्र बुधबार

सुशासनको वेग रोकिँदैन, प्रतिशोध दोहोरिँदैन : रवि लामिछाने

सुशासनको वेग रोकिँदैन, प्रतिशोध दोहोरिँदैन : रवि लामिछाने


काठमाडौं । रवि लामिछानेले प्रतिपक्षमाथि प्रतिशोधको राजनीति नदोहोरिने स्पष्ट प्रतिबद्धता व्यक्त गरेका छन्। प्रतिनिधिसभाको पहिलो बैठकमा सम्बोधन गर्दै उनले सत्ता र प्रतिपक्षबीच सहकार्यको नयाँ राजनीतिक संस्कार विकास गर्ने बताएका हुन्।

लामिछानेले विगतमा देखिएको आस्थाका आधारमा हुने विभेद, माइक काट्ने प्रवृत्ति तथा संख्याको बलमा गरिने दमन अन्त्य हुने उल्लेख गरे। “प्रतिशोधको अध्याय अब दोहोरिने छैन, तर सुशासनको वेग भने रोकिने छैन,” उनले भने।

उनले सत्ता छाडेपछि विदेशी चलखेलको आरोप लगाउने “सस्तो र गैरजिम्मेवार खेल” पनि अब अन्त्य हुनुपर्ने धारणा राखे। साथै, राजनीतिक सिफारिसबाट नियुक्त भएका व्यक्तिहरूलाई नैतिकताको आधारमा स्वेच्छिक राजीनामा दिन आग्रह गर्दै विधि र प्रणालीलाई सुदृढ बनाउन अपिल गरे।

उनले रास्वपाले अब केवल प्रश्न उठाउने होइन, समाधान दिने जिम्मेवारी पनि पूरा गर्ने बताए। “हामीलाई प्रश्न सोध्न मात्र होइन, उत्तर दिन पनि आउँछ,” उनले जोड दिए।

प्रतिपक्ष दलहरूलाई सरकारको निगरानी गर्न आग्रह गर्दै उनले कमजोरी औँल्याउन र गल्ती सच्याउन सहयोग गर्न आह्वान गरे। “लोकतन्त्रमा सत्ता र प्रतिपक्ष प्रतिस्पर्धी मात्र होइनन्, एक–अर्काका पूरक पनि हुन्,” उनले भने।

प्रकाशित मिति : २०८२, १८ चैत्र बिहीबार  ३ : १६ बजे

सांसद बोलिरहेकै बेला गृहमन्त्री हिँडेपछि सदनमा बबाल, ऐन महरले सोधे-‘मर्यादा प्रतिपक्षले मात्रै राख्ने हो ?’

काठमाडौं । प्रतिनिधिसभामा सांसद बोलिरहेका बेला गृहमन्त्री अगाडिबाट हिँडेपछि नेकपा एमालेका

एमालेको प्रधानमन्त्रीलाई चेतावनी : ‘एक्लै काफी छु’ भन्ने अहंकार नदेखाउनू

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री बालेन शाहलाई विपद्को समयमा ‘एक्लै काफी

चीनको बढ्दो प्रभावले बदलिँदै विश्व व्यवस्था, अमेरिका–चीन द्वन्द्वको जोखिम उच्च

काठमाडौं । चीनले राष्ट्रपति सी चिनफिङको नेतृत्वमा विश्व व्यवस्थामा आफ्नो

अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैँ तिहारलाई लक्षित गर्दै बैंक

सूर्यविनायक गणेश रथारोहण एवं रथ जात्राको तयारी पुरा

भक्तपुर, २९ भदौ : गणेश जन्मोत्सवको अवसरमा उपत्यकाका चार विनायक