२०८३, १८ आश्विन सोमबार

महेश बस्नेतविरुद्धको रिट उच्च अदालत पाटनबाट खारेज

महेश बस्नेतविरुद्धको रिट उच्च अदालत पाटनबाट खारेज


काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतविरुद्ध शोभा पाठकले दायर गरेको रिट उच्च अदालत पाटनले खारेज गरेको छ। न्यायाधीशद्वय सोमकान्त मैनाली र केशवप्रसाद अधिकारीको संयुक्त इजलासले बुधबार उक्त रिट खारेज गर्ने फैसला सुनाएको हो।

यसअघि पाठकले बस्नेतविरुद्ध बलात्कार आरोपसहित दिएको जाहेरीमा पर्याप्त प्रमाण नपुगेको भन्दै जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले तामेलीमा राख्ने निर्णय गरेको थियो। सोही निर्णयविरुद्ध उनी उच्च अदालत पुगेकी थिइन्।

पछि पाठकले बलात्कार र भ्रूण हत्यासम्बन्धी पूरक जाहेरी पनि दिएकी थिइन्। त्यसमा समेत सरकारी वकिल कार्यालयले मुद्दा नचलाउने निर्णय गरेपछि पुनः दायर गरिएको रिटमा अदालतले हस्तक्षेप आवश्यक नदेखिएको ठहर गरेको हो। पूरक जाहेरीसम्बन्धी प्रक्रिया जिल्ला अदालत काठमाडौंबाट अघि बढिरहेको देखिएकाले परमादेश जारी गर्नुपर्ने अवस्था नरहेको अदालतको निष्कर्ष छ।

यससँगै बस्नेतविरुद्ध दायर गरिएको उक्त रिट दोस्रो पटक पनि खारेज भएको छ। यो आदेशपछि उक्त प्रकरणको थप कानुनी प्रक्रिया जिल्ला अदालतमा चलिरहेको मुद्दाको प्रगतिमा निर्भर रहने देखिएको छ।

प्रकाशित मिति : २०८२, १७ चैत्र बुधबार  ७ : १६ बजे

गणेश माध्यमिक विद्यालयका नवनिर्मित भवनको उद्घाटन

भक्तपुर, १९ असोज  : वागमती प्रदेशको मुख्यमन्त्री किरण थापा मगरले

सल्लाघारीस्थित खुल्ला चौरमा यहीँ २१ गते बुधबारबाट दशैं रमाइलो महोत्सव–२०८३ सुरु हुने

भक्तपुर, १९ असोज  : नजिकिदै दशैंमा उपभेक्तालाई एकै ठाउँमा सहज,

महाधिवेशनको दोस्रो दिन : सवा ९ बजेबाट बन्दसत्र सुरु

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन आज (सोमबार) दोस्रो दिन पनि

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ७०१ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ७०१ वटा सवारीसाधनका

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय