२०८३, २० आश्विन बुधबार

वर्षा र बाढीका कारण बिपी राजमार्ग अवरुद्ध

वर्षा र बाढीका कारण बिपी राजमार्ग अवरुद्ध


काठमाडौं ।  काभ्रेपलाञ्चोकको बिपी राजमार्गमा भारी वर्षा र बाढीका कारण आज साँझ ७ः०० बजेदेखि यातायात सञ्चालनमा रोक लगाइएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार, रोशी खोलामा पानीको बहाब बढेपछि खतरनाक स्थिति सिर्जना भएको हो। पनौती, नमोबुद्ध, काभ्रेभञ्ज्याङ लगायतका स्थानमा भारी वर्षा भइरहेकोले राजमार्गमा जोखिमको अवस्था उत्पन्न भएको बताइएको छ।

सवारीसाधनलाई काभ्रेभञ्ज्याङ र नेपालथोकमा रोकिएको छ र यात्रुहरूलाई उक्त खण्डमा यात्रा नगर्न अपिल गरिएको छ। यसअघि, गत शुक्रबारको बाढीले राजमार्ग अवरुद्ध गरेपछि ३६ घण्टापछि यातायात सञ्चालनमा ल्याइएको थियो।

प्रहरीले मौसमका स्थितिलाई ध्यानमा राखेर यात्रुहरूलाई सतर्क रहन र केवल सुरक्षित अवस्थामा यात्रा गर्न अनुरोध गरेको छ।

प्रकाशित मिति : २०८२, १६ चैत्र मंगलबार  १० : ३७ बजे

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको

कांग्रेस महाधिवेशन : उम्मेदवारहरूको नामावली सार्वजनिक

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि

आजको मौसम : विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना, चट्याङ र हावाहुरीबाट सतर्क रहन आग्रह

काठमाडौं । देशमा पश्चिमी न्यून चापीय प्रणालीसँगै मनसुनी वायुको प्रभाव

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ६३५ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ६३५ वटा सवारीसाधनका

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय