२०८३, २० आश्विन बुधबार

काठमाडौंका पूर्व सीडीओ छवि रिजाल पक्राउ

काठमाडौंका पूर्व सीडीओ छवि रिजाल पक्राउ


काठमाडौं। काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन्। अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई नियन्त्रणमा लिएको हो।

रिजालमाथि गत भदौ २३–२४ गते भएको जेनजी आन्दोलन दमन गरेको आरोप छ। उनी तत्कालीन गृहमन्त्री रमेश लेखक निकट थिए। जेनजी आन्दोलनपछि उनी एक महिना नपुग्दै सीडीओबाट हटाइएका थिए।

गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले रिजालसमेत कारबाही सिफारिस गरेको थियो। आयोगकै सिफारिसमा पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखक पनि पक्राउ परेका थिए।

रिजाल सीडीओ हुनुअघि गृह मन्त्रालयको प्रशासन महाशाखाका प्रमुख थिए। त्यस क्रममा कर्मचारीहरूको अध्यागमन, कार्यालय स्थानान्तरण र अन्य प्रशासनिक निर्णयमा ‘पेशागत आचरण विपरीत’ काम गरेको आरोप लगाइएको छ।

अख्तियारले विशेष अदालतमा पठाएको विवरणअनुसार रिजालमाथि भ्रष्टाचार र अस्वभाविक प्रशासनिक गतिविधिमा अनुसन्धान भइरहेको छ। साथै, तत्कालीन सचिव, निजी सचिव र अन्य अधिकारीहरूमाथि पनि अनुसन्धान जारी छ।

प्रकाशित मिति : २०८२, १६ चैत्र मंगलबार  ९ : २३ बजे

सरकार गठनमा समर्थन गरेकै आधारमा राप्रपाका नेतालाई कारबाही गर्नु नेतृत्वको गल्ती

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता

भोटेकोशी बाढीले घरबारविहीन ८० परिवारलाई हिमालयन भ्याकेसनको राहत

रसुवा । भोटेकोशीको विनाशकारी बाढीले घरबार, सम्पत्ति र आफन्त गुमाएका

कर्णालीको कम्युनिस्ट आन्दोलनको दस्तावेज सार्वजनिक हुँदै, बोगटीको पुस्तक असोज २१ मा लोकार्पण

काठमाडौं । कर्णालीमा कम्युनिस्ट आन्दोलन कसरी अघि बढ्यो, त्यसका आधार

कांग्रेसमा आज नेतृत्वको फैसला, सभापतिसहित केन्द्रीय पदमा निर्वाचन हुँदै (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा आज नेतृत्व चयनका लागि