२०८३, ३० भाद्र बुधबार

पपुलिज्मको उत्कर्षमा न्यायालयमाथि अत्यधिक भरोसा नगर्न आग्रह : टीकाराम भट्टराई

पपुलिज्मको उत्कर्षमा न्यायालयमाथि अत्यधिक भरोसा नगर्न आग्रह : टीकाराम भट्टराई


काठमाडौं । वरिष्ठ अधिवक्ता टीकाराम भट्टराई ले वर्तमान राजनीतिक परिस्थितिमा प्रतिपक्षी दलहरूलाई न्यायालयमाथि अत्यधिक निर्भर नहुन सुझाव दिएका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत टिप्पणी गर्दै उनले पपुलिज्म हाबी भएको अवस्थामा लोकतान्त्रिक संस्थाहरू दबाबमा पर्न सक्ने संकेत गरेका हुन्। उनी केपी शर्मा ओली पक्षबाट बन्दीप्रत्यक्षीकरण रिटमा बहस गर्ने अधिवक्तासमेत हुन्। सर्वोच्च अदालतले उक्त रिट जारी नगरेपछि उनको यस्तो अभिव्यक्ति सार्वजनिक भएको हो।

भट्टराईले प्रतिपक्षी दलहरूलाई राष्ट्रिय स्वाधीनता र लोकतन्त्रको रक्षा गर्न एकजुट हुन आह्वान गर्दै संघर्ष दीर्घकालीन हुन सक्ने उल्लेख गरेका छन्। उनले आन्तरिक रूपमा पार्टीहरूलाई सुदृढ बनाउँदै भ्रष्ट, अनैतिक र जनताबाट अस्वीकृत नेतृत्वलाई हटाउनुपर्ने आवश्यकता औंल्याएका छन्।

उनका अनुसार पपुलिज्मको उत्कर्षमा नागरिक अधिकार, प्रेस स्वतन्त्रता तथा लोकतान्त्रिक अभ्यासको दायरा संकुचित हुने खतरा रहन्छ, जसप्रति सचेत रहन उनले आग्रह गरेका छन्।

प्रकाशित मिति : २०८२, १५ चैत्र सोमबार  ७ : ३९ बजे

सांसद बोलिरहेकै बेला गृहमन्त्री हिँडेपछि सदनमा बबाल, ऐन महरले सोधे-‘मर्यादा प्रतिपक्षले मात्रै राख्ने हो ?’

काठमाडौं । प्रतिनिधिसभामा सांसद बोलिरहेका बेला गृहमन्त्री अगाडिबाट हिँडेपछि नेकपा एमालेका

एमालेको प्रधानमन्त्रीलाई चेतावनी : ‘एक्लै काफी छु’ भन्ने अहंकार नदेखाउनू

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री बालेन शाहलाई विपद्को समयमा ‘एक्लै काफी

चीनको बढ्दो प्रभावले बदलिँदै विश्व व्यवस्था, अमेरिका–चीन द्वन्द्वको जोखिम उच्च

काठमाडौं । चीनले राष्ट्रपति सी चिनफिङको नेतृत्वमा विश्व व्यवस्थामा आफ्नो

अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैँ तिहारलाई लक्षित गर्दै बैंक

सूर्यविनायक गणेश रथारोहण एवं रथ जात्राको तयारी पुरा

भक्तपुर, २९ भदौ : गणेश जन्मोत्सवको अवसरमा उपत्यकाका चार विनायक