२०८३, ११ कार्तिक बुधबार

अदालतको आदेश : केपी शर्मा ओलीको प्रभावकारी उपचार सुनिश्चित गर्न निर्देशन

अदालतको आदेश : केपी शर्मा ओलीको प्रभावकारी उपचार सुनिश्चित गर्न निर्देशन


काठमाडौं। जिल्ला अदालत काठमाडौंले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै प्रभावकारी उपचारको व्यवस्था गर्न आदेश दिएको छ।

आइतबार न्यायाधीश आनन्दप्रसाद श्रेष्ठको इजलासले ५ दिन म्याद थप गर्ने अनुमति दिँदै उपचारलाई प्राथमिकता दिन सम्बन्धित निकायलाई निर्देशन दिएको हो। आदेशमा ओली अस्वस्थ भई अस्पतालमा उपचाररत रहेको उल्लेख गर्दै आवश्यक र प्रभावकारी उपचार सुनिश्चित गर्न भनिएको छ।

ओलीलाई शनिबार भक्तपुरको गुण्डुस्थित निवासबाट पक्राउ गरिएको थियो। पक्राउपछि उनी अस्पतालमा भर्ना भएका छन् र स्वास्थ्य अवस्थाका कारण इजलासमा भर्चुअल माध्यमबाट उपस्थित भएका थिए।

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा भएको दमनको विषयमा गठित जाँच आयोगले तत्कालीन प्रधानमन्त्री ओली तथा तत्कालीन गृहमन्त्री रमेश लेखकविरुद्ध फौजदारी मुद्दा अघि बढाउन सिफारिस गरेको थियो। उक्त सिफारिसकै आधारमा अनुसन्धान प्रक्रिया अघि बढिरहेको छ।

प्रकाशित मिति : २०८२, १४ चैत्र आईतबार  ६ : ३२ बजे

हुम्लामा छाउपडी प्रथा कायमै, अन्त्यका लागि सडक नाटक 

हुम्ला । हिमाली जिल्ला हुम्लामा अझै परम्परागत कुप्रथा छाउपडी यहाँका दुरदराजका

फलामको डण्डा भाँचेर शक्ति प्रदर्शन गर्दै धामीहरु

हुम्ला । हुम्लाको अदानचुली गाउँपालिका–२, श्रीनगर माझ्खाडामा विजया पूर्णिमाको अवसरमा

एमाले राष्ट्रिय भेलाको तयारी तीव्र, ३ हजार १६४ प्रतिनिधि सहभागी हुने

काठमाडौं । नेकपा (एमाले)ले आगामी मंसिर २ र ३ गते

कात्तिक १२ देखि जावलाखेलमा १९औँ गोदावरी फूल प्रदर्शनी हुने

काठमाडौं । आसन्न तिहार तथा छठ पर्वलाई लक्षित गर्दै ललितपुरको

इजरायलमा सत्ताको महासंग्राम, नेतान्याहुको भविष्य मतदाताको हातमा

काठमाडौं । युद्ध, सुरक्षा विफलता र चर्को राजनीतिक विवादको घेरामा