काठमाडौं। जिल्ला अदालत काठमाडौंले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै प्रभावकारी उपचारको व्यवस्था गर्न आदेश दिएको छ।
आइतबार न्यायाधीश आनन्दप्रसाद श्रेष्ठको इजलासले ५ दिन म्याद थप गर्ने अनुमति दिँदै उपचारलाई प्राथमिकता दिन सम्बन्धित निकायलाई निर्देशन दिएको हो। आदेशमा ओली अस्वस्थ भई अस्पतालमा उपचाररत रहेको उल्लेख गर्दै आवश्यक र प्रभावकारी उपचार सुनिश्चित गर्न भनिएको छ।
ओलीलाई शनिबार भक्तपुरको गुण्डुस्थित निवासबाट पक्राउ गरिएको थियो। पक्राउपछि उनी अस्पतालमा भर्ना भएका छन् र स्वास्थ्य अवस्थाका कारण इजलासमा भर्चुअल माध्यमबाट उपस्थित भएका थिए।
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा भएको दमनको विषयमा गठित जाँच आयोगले तत्कालीन प्रधानमन्त्री ओली तथा तत्कालीन गृहमन्त्री रमेश लेखकविरुद्ध फौजदारी मुद्दा अघि बढाउन सिफारिस गरेको थियो। उक्त सिफारिसकै आधारमा अनुसन्धान प्रक्रिया अघि बढिरहेको छ।








प्रतिक्रिया