२०८३, ११ कार्तिक बुधबार

प्रहरीको लाठीचार्जबाट एमालेका प्रदर्शनकारी घाइते

प्रहरीको लाठीचार्जबाट एमालेका प्रदर्शनकारी घाइते


काठमाडौं । केपी शर्मा ओलीलाई पक्राउ गरिएको विरोधमा आन्दोलनमा उत्रिएका नेकपा एमालेका कार्यकर्तामाथि प्रहरीले लाठीचार्ज गरेको छ। घटनामा केही नेता तथा कार्यकर्ता घाइते भएका छन्।

माइतीघर–बबरमहल क्षेत्रमा प्रदर्शन भइरहेका बेला एक समूह सिंहदरबारको दक्षिण गेटतर्फ अघि बढ्न खोजेपछि प्रहरीले हस्तक्षेप गर्दै लाठी प्रहार गरेको हो। प्रदर्शनकारीका अनुसार प्रहरीको लाठीचार्जका क्रममा उनीहरूमाथि अन्धाधुन्ध बल प्रयोग गरिएको थियो।

घाइते हुनेमध्ये काठमाडौं महानगरपालिका–१ का युवराज ओली गम्भीर रहेका छन्। उनको टाउकोमा लाठी लागेर रगत बगेपछि उपचारका लागि अन्नपूर्ण न्यूरो अस्पताल लगिएको जानकारी दिइएको छ।

प्रदर्शनकारीहरूले पक्राउको विरोध गर्दै शान्तिपूर्ण प्रदर्शन गरिरहेका बेला प्रहरीले बल प्रयोग गरेको आरोप लगाएका छन्। यद्यपि, घटनाबारे प्रहरीले औपचारिक प्रतिक्रिया सार्वजनिक गरेको छैन।

प्रकाशित मिति : २०८२, १३ चैत्र शनिबार  १० : ३८ बजे

हुम्लामा छाउपडी प्रथा कायमै, अन्त्यका लागि सडक नाटक 

हुम्ला । हिमाली जिल्ला हुम्लामा अझै परम्परागत कुप्रथा छाउपडी यहाँका दुरदराजका

फलामको डण्डा भाँचेर शक्ति प्रदर्शन गर्दै धामीहरु

हुम्ला । हुम्लाको अदानचुली गाउँपालिका–२, श्रीनगर माझ्खाडामा विजया पूर्णिमाको अवसरमा

एमाले राष्ट्रिय भेलाको तयारी तीव्र, ३ हजार १६४ प्रतिनिधि सहभागी हुने

काठमाडौं । नेकपा (एमाले)ले आगामी मंसिर २ र ३ गते

कात्तिक १२ देखि जावलाखेलमा १९औँ गोदावरी फूल प्रदर्शनी हुने

काठमाडौं । आसन्न तिहार तथा छठ पर्वलाई लक्षित गर्दै ललितपुरको

इजरायलमा सत्ताको महासंग्राम, नेतान्याहुको भविष्य मतदाताको हातमा

काठमाडौं । युद्ध, सुरक्षा विफलता र चर्को राजनीतिक विवादको घेरामा