काठमाडौं । प्रहरीले पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक लाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगेको छ।
प्रहरीका अनुसार भक्तपुरको गुण्डु र कटुञ्जेस्थित आ-आफ्नो निवासबाट पक्राउ परेका उनीहरूलाई हाल भद्रकालीस्थित जिल्ला प्रहरी परिसर काठमाडौंमा राखिएको छ। नियमित प्रक्रिया अन्तर्गत स्वास्थ्य अवस्था परीक्षण गर्न उनीहरूलाई त्रिवि शिक्षण अस्पताल लगिएको हो।
अस्पतालमा परीक्षणपछि उनीहरूलाई पुनः हिरासतमा राखिने प्रहरीले जनाएको छ।
आज सार्वजनिक बिदा परेकाले म्याद थपका लागि आवश्यक सरकारी वकिल र अदालती प्रक्रिया भोलिसम्म स्थगित रहने प्रहरी स्रोतले जानकारी दिएको छ।







प्रतिक्रिया