२०८३, २० आश्विन बुधबार

मन्त्रिपरिषद् बैठक सुरु

मन्त्रिपरिषद् बैठक सुरु


काठमाडौं। नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक सुरु भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा केहीबेरअघि बैठक प्रारम्भ भएको हो।

नवनियुक्त मन्त्रीहरू पदभार ग्रहण गरेलगत्तै बैठकमा सहभागी हुन धमाधम प्रधानमन्त्री कार्यालय पुगिरहेका छन्। उनीहरूले आजै शपथ ग्रहण गरी सिंहदरबारमा पदभार सम्हालेका हुन्।

राष्ट्रपति रामचन्द्र पौडेल ले आजै बालेन शाह लाई प्रधानमन्त्रीमा नियुक्त गरेका थिए। त्यसलगत्तै नयाँ मन्त्रिपरिषद् गठन भई मन्त्रीहरूले शपथ लिएका हुन्।

सरकारको पहिलो बैठकबाट केही महत्वपूर्ण नीतिगत तथा प्रशासनिक निर्णयहरू हुने अपेक्षा गरिएको छ। यद्यपि, अधिकांश मन्त्रीहरूले पदभार ग्रहणका क्रममा कुनै ठोस निर्णय भने लिएका छैनन्।

सरकारको प्राथमिकता, कार्ययोजना तथा तत्कालीन चुनौतीबारे यही बैठकले स्पष्ट दिशा दिने विश्वास गरिएको छ।

प्रकाशित मिति : २०८२, १२ चैत्र शुक्रबार  ४ : ४७ बजे

सरकार गठनमा समर्थन गरेकै आधारमा राप्रपाका नेतालाई कारबाही गर्नु नेतृत्वको गल्ती

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता

भोटेकोशी बाढीले घरबारविहीन ८० परिवारलाई हिमालयन भ्याकेसनको राहत

रसुवा । भोटेकोशीको विनाशकारी बाढीले घरबार, सम्पत्ति र आफन्त गुमाएका

कर्णालीको कम्युनिस्ट आन्दोलनको दस्तावेज सार्वजनिक हुँदै, बोगटीको पुस्तक असोज २१ मा लोकार्पण

काठमाडौं । कर्णालीमा कम्युनिस्ट आन्दोलन कसरी अघि बढ्यो, त्यसका आधार

कांग्रेसमा आज नेतृत्वको फैसला, सभापतिसहित केन्द्रीय पदमा निर्वाचन हुँदै (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा आज नेतृत्व चयनका लागि