काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्दैछ। बैठक अपराह्न ४ बजे पार्टी केन्द्रीय कार्यालय, बनस्थलीमा बस्ने तय भएको छ।
बैठकमा संसदीय दलको नेता चयन सम्बन्धमा छलफल हुने रास्वपाले जनाएको छ। नवनिर्वाचित सांसदहरूको शपथपछि दलको नेतृत्व टुंग्याउने तयारीस्वरूप बैठक बोलाइएको हो। आजै नवनिर्वाचित सांसदहरूले शपथ लिँदैछन्। त्यसलगत्तै संसदीय दलको बैठकसमेत बस्ने सम्भावना रहेको छ।
यसैबीच, बालेन्द्र शाह (बालेन) लाई संसदीय दलको नेताका रूपमा अघि सार्ने विषयमा पार्टीभित्र छलफल हुन सक्ने चर्चा भए पनि औपचारिक निर्णय भने भइसकेको छैन।
रास्वपाले संसदीय दलको नेता चयन प्रक्रिया आन्तरिक सहमति र विधिअनुसार अघि बढाइने जनाएको छ।








प्रतिक्रिया