२०८३, २९ असार मंगलबार

गगन थापाको राजीनामा अस्वीकार, कांग्रेसले देखायो ८ आधार

गगन थापाको राजीनामा अस्वीकार, कांग्रेसले देखायो ८ आधार


काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सभापति गगन कुमार थापाले दिएको राजीनामा अस्वीकार गरेको छ। निर्वाचनमा पार्टी पराजयको नैतिक जिम्मेवारी लिँदै थापाले पदबाट राजीनामा दिएका थिए।

सानेपास्थित केन्द्रीय कार्यालयमा शुक्रबार र आइतबार बसेको बैठकले उपसभापति विश्वप्रकाश शर्माले पेश गरेको प्रस्ताव सर्वसम्मत रूपमा पारित गर्दै राजीनामा अस्वीकार गर्ने निर्णय गरेको हो। पार्टीका प्रवक्ता देवराज चालिसेका अनुसार बैठकले विभिन्न राजनीतिक तथा संगठनात्मक कारणहरूलाई ध्यानमा राख्दै यस्तो निर्णय गरेको हो।

कांग्रेसले राजीनामा अस्वीकार गर्नुका लागि ८ वटा मुख्य आधार प्रस्तुत गरेको छ। जसअनुसार निर्वाचनमा भएको पराजय व्यक्तिगत नभई संरचनागत समस्या तथा नियन्त्रणबाहिरका परिस्थितिका कारण भएको निष्कर्ष निकालिएको छ। साथै, वर्तमान जटिल राष्ट्रिय परिस्थितिमा थापाको नेतृत्व अझ आवश्यक रहेको ठहर गरिएको छ।

पार्टीले राजीनामा स्वीकार गर्दा संगठनभित्र अस्थिरता, अन्योल तथा कार्यकर्ताको मनोबलमा गिरावट आउने जोखिम औँल्याएको छ। राजीनामा नैतिक र स्वेच्छिक विषय भएकाले त्यसको सम्मान गर्दै अस्वीकार गर्नु उपयुक्त देखिएको पनि बैठकको निष्कर्ष छ।

यस्तै, सामूहिक जिम्मेवारीको सिद्धान्त र नेतृत्वको स्थायित्व आवश्यक रहेको, ‘कांग्रेस २.०’ सुधार कार्यक्रमलाई निरन्तरता दिनुपर्ने तथा आगामी १५औँ महाधिवेशनतर्फ पार्टीलाई केन्द्रित गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गरिएको छ।

केन्द्रीय कार्यसमितिको पूर्ण बैठकबाट सर्वसम्मत रूपमा निर्णय गरिएको कांग्रेसले जनाएको छ। यस निर्णयसँगै पार्टीले वर्तमान नेतृत्वलाई निरन्तरता दिँदै संगठन सुदृढीकरण र सुधारका कार्यक्रमलाई तीव्रता दिने संकेत गरेको छ।

प्रकाशित मिति : २०८२, ७ चैत्र आईतबार  ८ : ३८ बजे

नेपाल वायुसेवा निगममा नयाँ कार्यकारी नेतृत्व, महेश्वरभक्त श्रेष्ठलाई दोहोरो जिम्मेवारी

काठमाडौं । नेपाल वायुसेवा निगम (नेवानी) ले नयाँ कार्यकारी नेतृत्व

गणेश प्रकरणपछि सडकमा फर्कियो महानगर प्रहरी, ‘सेवा रोकिँदैन’ भन्दै एसएसपी जोशीको सन्देश

काठमाडौं । गणेश नेपालीको मृत्यु प्रकरणपछि केही दिन सडकबाट लगभग

सरकारी विज्ञापनमा एकाधिकार असंवैधानिक, सर्वोच्चले सरकारको निर्णय बदर गर्‍यो

काठमाडौं । सर्वोच्च अदालतले सरकारी विज्ञापन सरकारी स्वामित्वका सञ्चारमाध्यममा मात्रै

सरकारको कर्मचारी कटौती नीति विरुद्ध विद्रोह, अर्थ मन्त्रालय घेराउ

काठमाडौं । अस्थायी र करारका कर्मचारी हटाउने सरकारको तयारीविरुद्ध आन्दोलन

प्रतिनिधिसभाबाट दुई विधेयक समितिमा, दफावार छलफल अघि बढ्ने

काठमाडौ । प्रतिनिधिसभाले दुई महत्वपूर्ण विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित