२०८३, १० कार्तिक मंगलबार

बिपी राजमार्ग खुल्यो, सावधानीपूर्वक यात्रा गर्न प्रशासनको अनुरोध

बिपी राजमार्ग खुल्यो, सावधानीपूर्वक यात्रा गर्न प्रशासनको अनुरोध


काभ्रेपलाञ्चोक । अविरल वर्षासँगै रोशी खोलामा आएको बाढीका कारण अवरुद्ध भएको बिपी राजमार्ग पुनः सञ्चालनमा आएको छ। पानीको बहाव कम भएसँगै बगाएको स्थान मर्मत गरेपछि सवारी आवागमन सुरु गरिएको हो।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार हाल सवारी साधन सञ्चालनमा आए पनि मौसम पूर्ण रूपमा सुधार नभएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ। वर्षा पुनः हुन सक्ने सम्भावना रहेकाले यात्रुहरूलाई राजमार्गको अवस्था बुझेर मात्र यात्रा गर्न अनुरोध गरिएको छ।

कार्यालयका प्रमुख एसपी कोमल शाह का अनुसार राजमार्गअन्तर्गत रोशी गाउँपालिकाको चारसयबेशी, गिम्दी, दाउन्ने र कालढुङ्गा क्षेत्रमा बनाइएका अस्थायी डाइभर्सनहरू रोशी खोलाले बगाएको थियो। ती स्थानहरूमा सडक विभाग र स्थानीय तहसँग समन्वय गरी मर्मतपछि सडक खुलाइएको हो।

राजमार्ग अवरुद्ध हुँदा काभ्रे खण्डका सवारी साधनहरू धुलिखेल, भकुण्डे र कटुन्जेमा रोकिनु परेको थियो भने सिन्धुली खण्डबाट आउने सवारीलाई दुम्जा प्रहरी चौकी र जिल्ला प्रहरी कार्यालय सिन्धुलीको चेकपोष्टमा रोकेर राखिएको थियो।

गत वर्षहरू २०८१ र ०८२ मा परेको अविरल वर्षाका कारण रोशी खोलाले राजमार्गका विभिन्न भाग बगाएपछि हाल भकुण्डे–नेपालथोक खण्ड निर्माणाधीन अवस्थामा छ। निर्माण कार्यका क्रममा खोलाको बगरमा अस्थायी डाइभर्सनमार्फत सवारी सञ्चालन हुँदै आएको छ।

प्रशासनले विशेषगरी रातिको समयमा यात्रा नगर्न, मौसमको जानकारी लिएर मात्र यात्रा गर्न र सम्भावित जोखिमप्रति सचेत रहन सबैलाई आग्रह गरेको छ।

प्रकाशित मिति : २०८२, ६ चैत्र शनिबार  १० : ०१ बजे

हुम्लामा छाउपडी प्रथा कायमै, अन्त्यका लागि सडक नाटक 

हुम्ला । हिमाली जिल्ला हुम्लामा अझै परम्परागत कुप्रथा छाउपडी यहाँका दुरदराजका

फलामको डण्डा भाँचेर शक्ति प्रदर्शन गर्दै धामीहरु

हुम्ला । हुम्लाको अदानचुली गाउँपालिका–२, श्रीनगर माझ्खाडामा विजया पूर्णिमाको अवसरमा

एमाले राष्ट्रिय भेलाको तयारी तीव्र, ३ हजार १६४ प्रतिनिधि सहभागी हुने

काठमाडौं । नेकपा (एमाले)ले आगामी मंसिर २ र ३ गते

कात्तिक १२ देखि जावलाखेलमा १९औँ गोदावरी फूल प्रदर्शनी हुने

काठमाडौं । आसन्न तिहार तथा छठ पर्वलाई लक्षित गर्दै ललितपुरको

इजरायलमा सत्ताको महासंग्राम, नेतान्याहुको भविष्य मतदाताको हातमा

काठमाडौं । युद्ध, सुरक्षा विफलता र चर्को राजनीतिक विवादको घेरामा