२०८३, ११ कार्तिक बुधबार

आज चैते दशैँको घटस्थापना,चैत्र नवरात्र सुरु, देशभरका देवी मन्दिरमा भक्तजनको भीड

आज चैते दशैँको घटस्थापना,चैत्र नवरात्र सुरु, देशभरका देवी मन्दिरमा भक्तजनको भीड


काठमाडौँ । चैत्र शुक्ल प्रतिपदाका अवसरमा आजदेखि चैते दशैँको नवरात्र सुरु भएको छ। यस अवसरमा हनुमानढोका दरबारमा विधिपूर्वक घटस्थापना गरी नवदुर्गा देवीको पूजाआराधना गरिँदै छ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका कार्यकारी निर्देशक लक्ष्मण पन्थीका अनुसार, आज बिहान ७:५१ बजेको साइत घटस्थापनाका लागि उत्तम रहेको छ। उनले जानकारी दिए अनुसार घटस्थापना उत्तर फर्केर गर्नुपर्ने पनि साइत दिइएको छ।

यस अवसरमा देशभरका देवी मन्दिर र शक्तिपीठमा पूजाआराधना र उपासनाका लागि भक्तजनको भीड लाग्ने गर्दछ।शास्त्रीय नियमअनुसार, वर्षमा चारवटा नवरात्र मनाउने प्रचलन रहेको छ -आषाढ शुक्ल पक्ष, आश्विन शुक्ल पक्ष, पौष शुक्ल पक्ष र माघ शुक्ल पक्ष। नेपाली परम्परामा आषाढ र पौष शुक्ल पक्षको नवरात्रलाई लुप्त नवरात्र पनि भनिन्छ।

प्रकाशित मिति : २०८२, ४ चैत्र बिहीबार  ९ : ३३ बजे

दशैं तिहारमा राराताल आउने पर्यटक बढे

कालीकोट । दशैं तिहारको बिदामा राराताल घुम्न आउने पर्यटकको संख्यामा

नेपालका शासकले फ्रान्सबाट के सिक्ने ?

फ्रान्सको आन्दोलन नेपालका शासकका लागि पनि चेतावनी हो। जनताको असन्तुष्टिलाई

लुम्बिनीका सभामुख घर्तीसहित पाँच जनाविरुद्ध जालसाजीको आरोपमा मुद्दा

बुटवल । लुम्बिनी प्रदेशसभाका सभामुख तुलाराम घर्ती र प्रदेशसभा सचिव

आज देशभर बादल, केही प्रदेशमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभावका कारण आज देशभरको मौसम

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य, कालीमाटीमा कुनको भाउ कति ?

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका