२०८३, २७ बैशाख सोमबार

इरानद्वारा कतारको पेट्रोलियम प्लान्टमा मिसाइल आक्रमण, मध्यपूर्वमा तनाव चुलिँदै

इरानद्वारा कतारको पेट्रोलियम प्लान्टमा मिसाइल आक्रमण, मध्यपूर्वमा तनाव चुलिँदै


काठमाडौं । इरान र इजरायल बीच जारी द्वन्द्वले थप उग्र रूप लिँदै गएको छ। पछिल्लो घटनाक्रममा इरानले कतार को महत्वपूर्ण ऊर्जा केन्द्र रास लाफान औद्योगिक क्षेत्रमा मिसाइल आक्रमण गरेको छ।

कतारको रास लाफान औद्योगिक क्षेत्र मा भएको उक्त आक्रमणपछि मुख्य ग्यास प्रशोधन प्लान्टमा आगलागी भएको थियो। आपतकालीन टोलीले आगो नियन्त्रणमा लिए पनि संरचनामा उल्लेख्य क्षति पुगेको जनाइएको छ। कतारले घटनापछि इरानका दुई कूटनीतिज्ञलाई निष्कासित गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।

कतारको गृह मन्त्रालयका अनुसार केही घण्टामै आगो पूर्ण रूपमा नियन्त्रणमा आएको र मानवीय क्षति नभएको पुष्टि गरिएको छ। कतार सरकारले यस आक्रमणलाई राष्ट्रिय सुरक्षामाथिको गम्भीर खतरा भन्दै कडा प्रतिक्रिया जनाएको छ।

यसअघि इजरायल र संयुक्त राज्य अमेरिका ले इरानको साउथ पर्स ग्यास फिल्ड मा आक्रमण गरेको थियो। सोही घटनाको प्रतिकारस्वरूप इरानले कतारको ऊर्जा पूर्वाधारलाई निशाना बनाएको बताइएको छ। साउथ पर्स विश्वकै ठूलो प्राकृतिक ग्यास भण्डारमध्ये एक हो, जसलाई इरान र कतारले संयुक्त रूपमा उपयोग गर्दै आएका छन्।

रास लाफान औद्योगिक क्षेत्र कतारको राजधानी दोहा बाट करिब ८० किलोमिटर उत्तरमा अवस्थित छ। यो क्षेत्र विश्वकै सबैभन्दा ठूलो तरल प्राकृतिक ग्यास (एलएनजी) निर्यात केन्द्रमध्ये एक मानिन्छ। विश्वको करिब २० प्रतिशत एलएनजी आपूर्ति यसै क्षेत्रसँग जोडिएको अनुमान छ।

घटनापछि अन्तर्राष्ट्रिय स्तरमा चिन्ता बढेको छ। इरानका राष्ट्रपति मसुद पेजेस्कियान ले ऊर्जा पूर्वाधारमाथिको आक्रमणको निन्दा गर्दै यसले गम्भीर परिणाम निम्त्याउन सक्ने चेतावनी दिएका छन्। त्यस्तै, फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याक्रोँ ले सबै पक्षलाई संयमता अपनाउन र नागरिक तथा ऊर्जा संरचनामाथि आक्रमण नगर्न आग्रह गरेका छन्।

यता, स्ट्रेट अफ होर्मुज हुँदै हुने जहाज आवागमन प्रभावित भएपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य पुनः उकालो लागेको छ। यसले विश्वव्यापी ऊर्जा आपूर्ति र अर्थतन्त्रमा असर पार्ने चिन्ता बढाएको छ।

तीन सातादेखि जारी इरान–इजरायल द्वन्द्वले अब क्षेत्रीय सीमाभन्दा बाहिर विश्वव्यापी प्रभाव पार्ने संकेत देखिएको विश्लेषकहरूले बताएका छन्।

प्रकाशित मिति : २०८२, ४ चैत्र बिहीबार  ९ : ०४ बजे

एमालेको आरोप: ‘नयाँ सोच’को नाममा सरकार स्वेच्छाचारी बन्दै गएको

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारप्रति कडा

कर्णालीमा कांग्रेस नेतृत्वको सरकार बन्ने गगन थापाको भनाइ

सुर्खेत । नेपाली कांग्रेसका नेता गगन थापाले कर्णाली प्रदेशमा अब

दलहरूसँग सहकार्यमा संविधान संशोधन गर्ने सरकारको घोषणा

काठमाडौं । सरकारले राजनीतिक दलहरूसँगको सहकार्यमा संविधान संशोधन गर्ने घोषणा

समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गर्न सरकारको नयाँ घोषणा

काठमाडौं । सरकारले समस्याग्रस्त सहकारी संस्थामा फसेको बचतकर्ताको रकम फिर्ता

एसईईको नतिजा आजै सार्वजनिक हुने, बोलाइयो बोर्ड बैठक

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजा आज