२०८३, ११ कार्तिक बुधबार

गगन थापाले सभापतिबाट दिए राजीनामा, भोलिको बैठकमा छलफल हुने

गगन थापाले सभापतिबाट दिए राजीनामा, भोलिको बैठकमा छलफल हुने


काठमाडौँ । गगन थापा ले नेपाली कांग्रेसको सभापति पदबाट राजीनामा दिएका छन्। निर्वाचन परिणामपछि नै उनले नैतिक जिम्मेवारी लिँदै राजीनामा दिने मनस्थिति बनाएको बताइएको छ। पार्टीभित्रका केही नेताहरूले पनि उनलाई नैतिकताको आधारमा पद छाड्न सुझाव दिएका थिए।

थापाले आफ्नो राजीनामा पार्टीका उपसभापति विश्वप्रकाश शर्मा लाई बुझाएका हुन्। यद्यपि, राजीनामाबारे औपचारिक सार्वजनिक जानकारी भने अझै गरिएको छैन। पार्टीका सहमहामन्त्री प्रकाश रसाइली का अनुसार, “निर्वाचनमा अप्रत्याशित नतिजाको नैतिक जिम्मेवारी लिँदै उहाँले राजीनामा दिनुभएको हो। राजीनामाबारे भोलि छलफल हुनेछ।”

थापा पुस २७ देखि ३० गतेसम्म भृकुटीमण्डप मा सम्पन्न कांग्रेस विशेष महाधिवेशनबाट सभापतिमा चयन भएका थिए। उनी प्रतिनिधि सभा निर्वाचनमा सर्लाही–४ बाट समेत पराजित भएका थिए। आमनिर्वाचनको समीक्षा गर्न नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार बस्नेछ, जहाँ महाधिवेशन र समग्र राजनीतिक अवस्थाबारे समेत छलफल हुने बताइएको छ।

प्रकाशित मिति : २०८२, ४ चैत्र बिहीबार  ८ : ५१ बजे

दशैं तिहारमा राराताल आउने पर्यटक बढे

कालीकोट । दशैं तिहारको बिदामा राराताल घुम्न आउने पर्यटकको संख्यामा

नेपालका शासकले फ्रान्सबाट के सिक्ने ?

फ्रान्सको आन्दोलन नेपालका शासकका लागि पनि चेतावनी हो। जनताको असन्तुष्टिलाई

लुम्बिनीका सभामुख घर्तीसहित पाँच जनाविरुद्ध जालसाजीको आरोपमा मुद्दा

बुटवल । लुम्बिनी प्रदेशसभाका सभामुख तुलाराम घर्ती र प्रदेशसभा सचिव

आज देशभर बादल, केही प्रदेशमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभावका कारण आज देशभरको मौसम

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य, कालीमाटीमा कुनको भाउ कति ?

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका