२०८३, ३ भाद्र बिहीबार

रवि लामिछानेको कडा निर्देशन : गैरजिम्मेवार बने ‘राइट टु रिकल’ लागू गरिने

रवि लामिछानेको कडा निर्देशन : गैरजिम्मेवार बने ‘राइट टु रिकल’ लागू गरिने


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका सांसदहरूलाई जिम्मेवार र अनुशासित बन्न कडा निर्देशन दिएका छन्। स्वास्थ्यलाभको क्रममा रहेका उनी पार्टीको अभिमुखीकरण कार्यक्रमको समापन सत्रमा सहभागी हुँदै स्पष्ट चेतावनीसहित मन्तव्य दिएका हुन्।

लामिछानेले पार्टीको विधानमा व्यवस्था गरिएको ‘राइट टु रिकल’ (फिर्ता बोलाउने अधिकार) यसपटक कडाइका साथ कार्यान्वयन गरिने बताए। उनले गैरजिम्मेवार गतिविधिमा संलग्न सांसदहरूलाई संख्या घट्ने डर नगरी फिर्ता बोलाइने स्पष्ट पारे।

उनले सांसदहरूलाई अब पुरानो ‘अभियन्ता’ मानसिकताबाट बाहिर निस्कन आग्रह गर्दै भने, “अब तपाईंहरू जिम्मेवार जनप्रतिनिधि हुनुहुन्छ। यदि अझै पनि हिजोकै जस्तो गैरजिम्मेवार अभिव्यक्ति दिने सोचमा हुनुहुन्छ भने संसदको भूमिकाबाट बाहिरिन सक्नुहुन्छ।”

सांसदहरूलाई नैतिकता र संवेदनशीलतासहित काम गर्न आग्रह गर्दै उनले सहिद परिवारको त्याग सम्झिनुपर्ने बताए। कुनै पनि निर्णय वा व्यवहार अघि सहिदकी आमाको पीडा सम्झिन उनले भावनात्मक अपिल गरे।

मन्त्री बन्नका लागि अनावश्यक दौडधुप नगर्न पनि उनले चेतावनी दिए। मन्त्रिपरिषद्मा कसलाई पठाउने भन्ने निर्णय पार्टीले गर्ने भएकाले ‘मिडिया ट्रायल’ वा व्यक्तिगत लबिङ नगर्न उनले स्पष्ट निर्देशन दिए।

त्यस्तै, विपक्षी दलप्रति कटाक्ष नगर्न र मर्यादित अभिव्यक्ति दिन उनले सांसदहरूलाई आग्रह गरे। “विजेता हुनुको अर्थ जिम्मेवार हुनु हो, छाडा हुनु होइन,” उनले भने, “रास्वपामाथि लागेको अराजक र असहिष्णु छवि सुधार्न अब सबैले संयमित व्यवहार देखाउनुपर्छ।”

लामिछानेको मन्तव्यले रास्वपाभित्र अनुशासन कायम गर्न कडा संकेत दिएको छ।

प्रकाशित मिति : २०८२, ३ चैत्र बुधबार  ६ : ११ बजे

पासपोर्ट प्रकरणमा प्रधानमन्त्रीसँग छलफल भएको अख्तियार प्रमुखको खुलासा

काठमाडौं । पासपोर्ट ठेक्का विवादमा अभियोजन अघि बढाउनुअघि प्रधानमन्त्रीसँग छलफल

बागमतीको मुख्यमन्त्रीमा किरण थापा नियुक्त

हेटौँडा । बागमती प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका किरण थापा मगर

दुई तिहाइको अंकले मात्रै संविधान संशोधन हुँदैन : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

गरिमा हत्या प्रकरणमा आक्रोश चुलियो, सिमरा प्रहरी कार्यालय घेराउदेखि सडक बन्दसम्म

बारा । तीन वर्षीया गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनाले

वागमती प्रदेशमा एमाले नेतृत्वमा नयाँ सरकार गठनका लागि दाबी पेश बिहिबार मुख्यमन्त्रीको सपथ

====================================== सहमती लगत्तै आजै एमाले नेता किरण थापा मगरले वागमती