२०८३, ११ कार्तिक बुधबार

ओलीको दाबी-समाज ‘नेगेटिभ’ तर्फ गइरहेको छ

ओलीको दाबी-समाज ‘नेगेटिभ’ तर्फ गइरहेको छ


भक्तपुर । केपी शर्मा ओलीले प्रतिनिधिसभा निर्वाचनको परिणामले समाजमा राजनीतिक, सांस्कृतिक र सामाजिक विचलन ल्याउने बताएका छन्। उनले अहिलेको अवस्था समाजलाई ‘नेगेटिभ’ (नकारात्मकता) तर्फ उन्मुख गरिरहेको दाबी गरे।

नेकपा एमालेका अध्यक्षसमेत रहेका ओलीले आफ्ना बुबा स्वर्गीय मोहनप्रसाद ओलीको काजक्रिया गरिरहेका बेला उनलाई भेट्न पुगेको प्रेस चौतारी नेपालको टोलीसँग यस्तो प्रतिक्रिया दिएका हुन्। भेटघाट भक्तपुरको गुण्डुस्थित निवासमा भएको थियो।

पत्रकारहरूसँगको अनौपचारिक कुराकानीमा उनले सामाजिक सञ्जालप्रतिको बढ्दो निर्भरता पनि चिन्ताजनक रहेको उल्लेख गरे। ‘हामी आफ्नो दिमागभन्दा बढी मोबाइलको दिमागले चलिरहेका छौँ,’ उनले भने, ‘कुनै ठाउँमा पुग्यौँ भन्ने कुरा फोटो हालिसकेपछि मात्र सोच्ने अवस्था भएको छ।’ उनले वर्तमान सामाजिक प्रवृत्तिले मानिसको सोच र व्यवहारमा असर पारिरहेको समेत बताएका छन्।

प्रकाशित मिति : २०८२, ३ चैत्र बुधबार  ४ : ५६ बजे

दशैं तिहारमा राराताल आउने पर्यटक बढे

कालीकोट । दशैं तिहारको बिदामा राराताल घुम्न आउने पर्यटकको संख्यामा

नेपालका शासकले फ्रान्सबाट के सिक्ने ?

फ्रान्सको आन्दोलन नेपालका शासकका लागि पनि चेतावनी हो। जनताको असन्तुष्टिलाई

लुम्बिनीका सभामुख घर्तीसहित पाँच जनाविरुद्ध जालसाजीको आरोपमा मुद्दा

बुटवल । लुम्बिनी प्रदेशसभाका सभामुख तुलाराम घर्ती र प्रदेशसभा सचिव

आज देशभर बादल, केही प्रदेशमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभावका कारण आज देशभरको मौसम

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य, कालीमाटीमा कुनको भाउ कति ?

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका