२०८३, २० आश्विन बुधबार

ओलीको दाबी-समाज ‘नेगेटिभ’ तर्फ गइरहेको छ

ओलीको दाबी-समाज ‘नेगेटिभ’ तर्फ गइरहेको छ


भक्तपुर । केपी शर्मा ओलीले प्रतिनिधिसभा निर्वाचनको परिणामले समाजमा राजनीतिक, सांस्कृतिक र सामाजिक विचलन ल्याउने बताएका छन्। उनले अहिलेको अवस्था समाजलाई ‘नेगेटिभ’ (नकारात्मकता) तर्फ उन्मुख गरिरहेको दाबी गरे।

नेकपा एमालेका अध्यक्षसमेत रहेका ओलीले आफ्ना बुबा स्वर्गीय मोहनप्रसाद ओलीको काजक्रिया गरिरहेका बेला उनलाई भेट्न पुगेको प्रेस चौतारी नेपालको टोलीसँग यस्तो प्रतिक्रिया दिएका हुन्। भेटघाट भक्तपुरको गुण्डुस्थित निवासमा भएको थियो।

पत्रकारहरूसँगको अनौपचारिक कुराकानीमा उनले सामाजिक सञ्जालप्रतिको बढ्दो निर्भरता पनि चिन्ताजनक रहेको उल्लेख गरे। ‘हामी आफ्नो दिमागभन्दा बढी मोबाइलको दिमागले चलिरहेका छौँ,’ उनले भने, ‘कुनै ठाउँमा पुग्यौँ भन्ने कुरा फोटो हालिसकेपछि मात्र सोच्ने अवस्था भएको छ।’ उनले वर्तमान सामाजिक प्रवृत्तिले मानिसको सोच र व्यवहारमा असर पारिरहेको समेत बताएका छन्।

प्रकाशित मिति : २०८२, ३ चैत्र बुधबार  ४ : ५६ बजे

सरकार गठनमा समर्थन गरेकै आधारमा राप्रपाका नेतालाई कारबाही गर्नु नेतृत्वको गल्ती

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता

भोटेकोशी बाढीले घरबारविहीन ८० परिवारलाई हिमालयन भ्याकेसनको राहत

रसुवा । भोटेकोशीको विनाशकारी बाढीले घरबार, सम्पत्ति र आफन्त गुमाएका

कर्णालीको कम्युनिस्ट आन्दोलनको दस्तावेज सार्वजनिक हुँदै, बोगटीको पुस्तक असोज २१ मा लोकार्पण

काठमाडौं । कर्णालीमा कम्युनिस्ट आन्दोलन कसरी अघि बढ्यो, त्यसका आधार

कांग्रेसमा आज नेतृत्वको फैसला, सभापतिसहित केन्द्रीय पदमा निर्वाचन हुँदै (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा आज नेतृत्व चयनका लागि