२०८२, २२ चैत्र सोमबार

मनमोहन विश्वविद्यालयमा सी जिनपिङको पुस्तक जलाइएको विषयमा कूटनीतिक चासो, प्रशासनद्वारा छानबिन सुरु

मनमोहन विश्वविद्यालयमा सी जिनपिङको पुस्तक जलाइएको विषयमा कूटनीतिक चासो, प्रशासनद्वारा छानबिन सुरु


विराटनगर । मोरङको बुढीगंगा गाउँपालिकास्थित हात्तीमुडामा रहेको मनमोहन विश्वविद्यालयमा चिनियाँ राष्ट्रपति सी जिनपिङको पुस्तक ‘द गभर्नेन्स अफ चाइना’ जलाइएको घटनाले कूटनीतिक र प्रशासनिक तहमा गम्भीर चासो उत्पन्न गरेको छ।

सामाजिक सञ्जालमा पुस्तक जलाइएको भिडियो सार्वजनिक भएपछि नेपालस्थित चिनियाँ दूतावासले परराष्ट्र मन्त्रालयमार्फत ध्यानाकर्षण गराउँदै घटनामा संलग्नमाथि आवश्यक कारबाहीको माग गरेको छ।

विश्वविद्यालय प्रशासनका अनुसार शनिबार राति सरसफाइका क्रममा स्टोरमा राखिएका केही पुस्तक जलाइएको हो। उपकुलपति सुभाषश्री पोखरेलले पानीले भिजेका र धमिराले बिग्रिएका पुस्तक मात्रै नष्ट गरिएको दाबी गर्दै नियतवश पुस्तक जलाइएको नभएको स्पष्ट पारेका छन्। उनका अनुसार प्रयोगयोग्य पुस्तकहरू अझै सुरक्षित रूपमा राखिएका छन्।

ती पुस्तकहरू मनमोहन स्मृति प्रतिष्ठानमार्फत विभिन्न संघसंस्था तथा क्लबमा वितरणका लागि ल्याइएको बताइएको छ। केही पुस्तक वितरण भइसकेका र बाँकी स्टोरमा राखिएका थिए।

यता मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले घटनालाई गम्भीर रूपमा लिँदै २४ घण्टाभित्र प्रतिवेदन पेश गर्न विश्वविद्यालयलाई निर्देशन दिएका छन्। “कति पुस्तक जले, कुन अवस्थाका पुस्तक जले भन्नेबारे यकिन विवरण आउन बाँकी छ, अनुसन्धान जारी छ,” उनले बताएका छन्।

घटनाले शैक्षिक संस्थामा सामग्री व्यवस्थापन, कूटनीतिक संवेदनशीलता तथा अभिव्यक्ति स्वतन्त्रताबीचको सन्तुलनबारे नयाँ बहस समेत सुरु गराएको छ।

प्रकाशित मिति : २०८२, २ चैत्र मंगलबार  १ : ३३ बजे

प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन

काठमाडौँ । प्रतिनिधिसभाको नयाँ नियमावली तर्जुमा गर्न १५ सदस्य मस्यौदा समिति

गुण्डागर्दी आरोपमा ‘रेम्बो’ भनिने कोर्तु गुरुङ पक्राउ

काठमाडौं । काठमाडौंमा गुण्डागर्दी तथा सार्वजनिक सुरक्षा उल्लंघन आरोपमा कोर्तु

कांग्रेस संसदीय दलको बैठक बस्दै, दलको नेता चयनबारे छलफल हुने

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बिहान ११

आजदेखि सरकारी कार्यालय ९ बजेदेखि खुल्ने

काठमाडौं । आजदेखि सरकारी कार्यालयहरू बिहान ९ बजेदेखि बेलुकी ५

अमेरिकी डलरको मूल्य स्थिर, अन्य मुद्राका विनिमयदर सार्वजनिक

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर