२०८३, ११ कार्तिक बुधबार

रास्वपाले सुरु गर्यो नवनिर्वाचित सांसदहरूको अभिमुखीकरण

रास्वपाले सुरु गर्यो नवनिर्वाचित सांसदहरूको अभिमुखीकरण


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नवनिर्वाचित सांसदहरूको लागि दुई दिनसम्मको अभिमुखीकरण कार्यक्रम सुरु गरेको छ। ललितपुरको एक होटलमा सुरु भएको कार्यक्रममा सांसदहरूले संसदीय अभ्यास, विधायिकी प्रक्रिया, नीति निर्माण, बजेट र कानुन निर्माण प्रक्रियाबारे प्रशिक्षण लिँदै छन्।

रास्वपा उपसभापति डा. स्वर्णिम वाग्ले ले पार्टी प्रतिबद्धता र सांसदको भूमिकाबारे प्रशिक्षण दिएका छन्। कार्यक्रममा नेपाल सरकारका पूर्वसचिव सुरेश अधिकारी ले संसद् संरचना र सांसदको जिम्मेवारी, पूर्वकानुन सचिव तोयानाथ अधिकारी ले कानुन निर्माण प्रक्रियामा सांसदको भूमिका, आईटी विशेषज्ञ डा. दोभान राई ले कृत्रिम बुद्धिमत्ता र लोकतन्त्रमा यसको प्रभाव, र पूर्वसचिव डा. तोयानारायण ज्ञवाली ले बजेट तथा सरकार सञ्चालन प्रक्रिया सम्बन्धी प्रशिक्षण दिएका छन्।

रास्वपाले प्रत्यक्ष चुनावबाट १२५ सिट जितेको छ भने समानुपातिमार्फत ५७ सांसद पाएको छ। कार्यक्रममा सांसदहरूले पार्टी नीतिगत प्राथमिकता, रणनीति र जनतासँग प्रभावकारी समन्वयका उपायबारे ज्ञान र साझा दृष्टिकोण विकास गर्ने अवसर पाएका छन्।

प्रकाशित मिति : २०८२, २ चैत्र मंगलबार  १ : १७ बजे

दशैं तिहारमा राराताल आउने पर्यटक बढे

कालीकोट । दशैं तिहारको बिदामा राराताल घुम्न आउने पर्यटकको संख्यामा

नेपालका शासकले फ्रान्सबाट के सिक्ने ?

फ्रान्सको आन्दोलन नेपालका शासकका लागि पनि चेतावनी हो। जनताको असन्तुष्टिलाई

लुम्बिनीका सभामुख घर्तीसहित पाँच जनाविरुद्ध जालसाजीको आरोपमा मुद्दा

बुटवल । लुम्बिनी प्रदेशसभाका सभामुख तुलाराम घर्ती र प्रदेशसभा सचिव

आज देशभर बादल, केही प्रदेशमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभावका कारण आज देशभरको मौसम

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य, कालीमाटीमा कुनको भाउ कति ?

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका