२०८३, २७ भाद्र आईतबार

उदयपुर कटारीमा हावाहुरीले २ जनाको मृत्यु, ५ जना घाइते

उदयपुर कटारीमा हावाहुरीले २ जनाको मृत्यु, ५ जना घाइते


उदयपुर । आइतबार साँझ आएको हावाहुरीमा उदयपुरको कटारीमा २ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन्।

मृत्यु हुनेमा कटारी–८ की मिनामाया तामाङ र कटारी–५ निवासी ६४ वर्षीय वीरेन्द्र चौधरी रहेका छन्।

इलाका प्रहरी कार्यालय कटारीका अनुसार, कटारी–५ स्थित राधा कृष्ण मन्दिर नजिक टिनको छाना र काठको खाजा घरमा सालको रुख ढलेर चौधरीको मृत्यु भएको हो। मिनामाया तामाङ घरमा खसी–बाख्रा सार्दा हावाले भाँचेको रुखको हाँगाले लागेको चोटका कारण राति मृत्यु भएको प्रहरीले जनाएको छ।

घाइतेमध्ये ४ वर्षीया बिनिशा चौधरी, २७ वर्षीय युवराज कार्की, ४६ वर्षीय लीला बहादुर दनुवार, ४६ वर्षीय प्रेमचन्द्र दनुवार र १६ वर्षीया अस्मिता परियार रहेका छन्। उनीहरूको प्रादेशिक अस्पताल कटारीमा उपचार भइरहेको छ।

प्रहरी नायब उपरीक्षक केदारमान दोङले बताए अनुसार, घाइते बालिका बिनिशा चौधरीलाई नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीको सहयोगमा करिब ४० मिनेटमा उद्धार गरिएको थियो।

उदयपुर घटनामा घाइते लीलाबहादुर दनुवारको गम्भीर चोटका कारण उनलाई थप उपचारका लागि विराटनगर पठाइएको छ।

प्रकाशित मिति : २०८२, २ चैत्र मंगलबार  ९ : ४४ बजे

सिन्धुलीको मासु प्रशोधन उद्योगमा छापामारी, गैरकानूनी रूपमा कामगर्दै चिनियाँहरू

सिन्धुली । निर्माणाधिन सिन्धुलीको मासु प्रशोधन उद्योगमा आज अध्यागमन विभाग

ग्यास अभाव विवाद चर्किएपछि उद्योगमन्त्री यादवको राजीनामा

काठमाडौं । ग्यास अभावको समस्या समाधान गर्न नसकेको भन्दै चौतर्फी आलोचना

बाढीपहिरो पीडितको उद्धार तथा राहतका लागि टेक्नो मोबाइलद्वारा १० लाख रुपैयाँ सहयोग

काठमाडौँ ।  अविरल वर्षाका कारण उत्पन्न बाढीपहिरो तथा प्राकृतिक विपद्बाट

केम्पो ओपन कपमा प्रतिस्पर्धा गर्न नेपाली टोली पोर्चुगल प्रस्थान

काठमाडौं । विश्वका करिब ३० देशका खेलाडी सहभागी हुने अन्तर्राष्ट्रिय

गगन थापा स्याङ्जा जाँदै, गोपालमान श्रेष्ठको ४५औँ पुण्यकार्यमा सहभागी हुने

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा स्याङ्जा जाने भएका छन्।