२०८३, ११ कार्तिक बुधबार

कोशी, बागमती र गण्डकी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

कोशी, बागमती र गण्डकी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना


काठमाडौं । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव कायम रहेको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भूभागमा सामान्य बदली रहेको छ भने अन्य स्थानमा आंशिक बदली रहेको छ।

महाशाखाका अनुसार कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का वर्षा र हिमपात भइरहेको छ।

आज दिउँसो देशका हिमाली भूभागमा आंशिक बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका थोरै स्थान तथा अन्य हिमाली भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाइएको छ।

त्यसैगरी कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा पनि मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुन सक्ने सम्भावना रहेको छ।

आज राति गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागमा सामान्य बदली रहने तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई क्षेत्रमा आंशिक बदली रहनेछ। अन्य भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ।

प्रकाशित मिति : २०८२, २ चैत्र मंगलबार  ८ : ३६ बजे

इजरायलमा नेतान्याहुको लिकुड पार्टी अगाडि, सरकार गठनमा अन्योल

२५ प्रतिशत मतगणना हुँदा लिकुडलाई ३२ सिटको अग्रता, गठबन्धनले ६३

उपत्यकामा २४ घण्टामा ६४३ सवारीसाधनमाथि कारबाही

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६४३ सवारीसाधनमाथि

दशैं तिहारमा राराताल आउने पर्यटक बढे

कालीकोट । दशैं तिहारको बिदामा राराताल घुम्न आउने पर्यटकको संख्यामा

नेपालका शासकले फ्रान्सबाट के सिक्ने ?

फ्रान्सको आन्दोलन नेपालका शासकका लागि पनि चेतावनी हो। जनताको असन्तुष्टिलाई

लुम्बिनीका सभामुख घर्तीसहित पाँच जनाविरुद्ध जालसाजीको आरोपमा मुद्दा

बुटवल । लुम्बिनी प्रदेशसभाका सभामुख तुलाराम घर्ती र प्रदेशसभा सचिव