२०८३, ६ कार्तिक शुक्रबार

ड्रोन आक्रमणपछि आगो फैलिँदा दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द

ड्रोन आक्रमणपछि आगो फैलिँदा दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द


काठमाडौँ । मध्यपूर्वमा बढ्दो युद्ध तनावका बीच दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द गरिएको छ। यात्रु तथा कर्मचारीको सुरक्षालाई ध्यानमा राख्दै सबै उडानहरू अस्थायी रूपमा निलम्बन गरिएको अधिकारीहरूले बताएका छन्।

विमानस्थल नजिकै ड्रोन आक्रमणपछि आगलागी भएको र आगो नियन्त्रणमा लिन कठिनाइ भइरहेको कारण उडान सञ्चालन रोकिएको जनाइएको छ। आगलागी नियन्त्रणका लागि आपतकालीन टोलीहरू परिचालन गरिएको छ।

हालै संयुक्त राज्य अमेरिका ले इरान माथि गरेको आक्रमणपछि मध्यपूर्व क्षेत्रमा तनाव चर्किएको छ। यसैबीच सुरु भएको युद्धको असर अन्तर्राष्ट्रिय हवाई यातायातमा पनि देखिन थालेको छ। विश्वभरका धेरै उडानहरूको ट्रान्जिट केन्द्र मानिने मध्यपूर्वका प्रमुख विमानस्थलहरू प्रभावित हुन थालेका छन्।

विश्वकै सबैभन्दा व्यस्त विमानस्थलमध्ये एक मानिने दुबई अन्तर्राष्ट्रिय विमानस्थल बन्द हुँदा हजारौँ उडान र लाखौँ यात्रु प्रभावित भएका छन्। सन् २०२५ मा मात्रै यस विमानस्थलमार्फत करिब ९ करोड यात्रुले यात्रा गरेका थिए।

अधिकारीहरूले अवस्था सामान्य भएपछि उडान सेवा पुनः सञ्चालन गरिने बताएका छन्।

प्रकाशित मिति : २०८२, १ चैत्र सोमबार  १० : ३९ बजे

३५ वर्षमा देशले ठूलो फड्को मारेको छ : महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री महेश बस्नेतले पछिल्लो

हिमपातमा बेपत्ता ३०७ पशुको २७ दिनपछि जीवितै उद्धार

सुर्खेत । हुम्लाको नाम्खा गाउँपालिका–६ स्थित हिमालपारीको गाउँ लिमीको उच्च

चीनमा भूकम्प : राहतका लागि बजेट विनियोजन, यसरी हुँदैछ उद्धार

एकाठमाडौं । चीनले दक्षिणपश्चिमी चीनको सिजाङ स्वायत्त क्षेत्रमा गएको ७.०

कालीकोटमा पहिलो पटक पुल–अप होल्ड च्यालेन्ज प्रतियोगिता सम्पन्न

कालीकोट। बडादशैं तथा तिहारको उपलक्ष्यमा कालीकोट जिल्लामा पहिलो पटक पुल–अप

मुगुका ६ हजार १०० नागरिकले पाए गाउँमै निःशुल्क उपचार र औषधि, स्थानीय हर्षित

मुगु । भौगोलिक विकटता र आर्थिक अभावका कारण स्वास्थ्य सेवाबाट