२०८२, २२ चैत्र सोमबार

ड्रोन आक्रमणपछि आगो फैलिँदा दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द

ड्रोन आक्रमणपछि आगो फैलिँदा दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द


काठमाडौँ । मध्यपूर्वमा बढ्दो युद्ध तनावका बीच दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द गरिएको छ। यात्रु तथा कर्मचारीको सुरक्षालाई ध्यानमा राख्दै सबै उडानहरू अस्थायी रूपमा निलम्बन गरिएको अधिकारीहरूले बताएका छन्।

विमानस्थल नजिकै ड्रोन आक्रमणपछि आगलागी भएको र आगो नियन्त्रणमा लिन कठिनाइ भइरहेको कारण उडान सञ्चालन रोकिएको जनाइएको छ। आगलागी नियन्त्रणका लागि आपतकालीन टोलीहरू परिचालन गरिएको छ।

हालै संयुक्त राज्य अमेरिका ले इरान माथि गरेको आक्रमणपछि मध्यपूर्व क्षेत्रमा तनाव चर्किएको छ। यसैबीच सुरु भएको युद्धको असर अन्तर्राष्ट्रिय हवाई यातायातमा पनि देखिन थालेको छ। विश्वभरका धेरै उडानहरूको ट्रान्जिट केन्द्र मानिने मध्यपूर्वका प्रमुख विमानस्थलहरू प्रभावित हुन थालेका छन्।

विश्वकै सबैभन्दा व्यस्त विमानस्थलमध्ये एक मानिने दुबई अन्तर्राष्ट्रिय विमानस्थल बन्द हुँदा हजारौँ उडान र लाखौँ यात्रु प्रभावित भएका छन्। सन् २०२५ मा मात्रै यस विमानस्थलमार्फत करिब ९ करोड यात्रुले यात्रा गरेका थिए।

अधिकारीहरूले अवस्था सामान्य भएपछि उडान सेवा पुनः सञ्चालन गरिने बताएका छन्।

प्रकाशित मिति : २०८२, १ चैत्र सोमबार  १० : ३९ बजे

प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन

काठमाडौँ । प्रतिनिधिसभाको नयाँ नियमावली तर्जुमा गर्न १५ सदस्य मस्यौदा समिति

गुण्डागर्दी आरोपमा ‘रेम्बो’ भनिने कोर्तु गुरुङ पक्राउ

काठमाडौं । काठमाडौंमा गुण्डागर्दी तथा सार्वजनिक सुरक्षा उल्लंघन आरोपमा कोर्तु

कांग्रेस संसदीय दलको बैठक बस्दै, दलको नेता चयनबारे छलफल हुने

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बिहान ११

आजदेखि सरकारी कार्यालय ९ बजेदेखि खुल्ने

काठमाडौं । आजदेखि सरकारी कार्यालयहरू बिहान ९ बजेदेखि बेलुकी ५

अमेरिकी डलरको मूल्य स्थिर, अन्य मुद्राका विनिमयदर सार्वजनिक

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर