२०८३, २० आश्विन बुधबार

कांग्रेसले टुंग्यायो समानुपातिक सूची, २० मध्ये १५ जना महिला

कांग्रेसले टुंग्यायो समानुपातिक सूची, २० मध्ये १५ जना महिला


काठमाडौं । नेपाली कांग्रेस ले प्रतिनिधिसभातर्फका २० जना समानुपातिक सांसदहरूको नाम टुंगो लगाएको छ।

आज बसेको पार्टी बैठकले १५ महिला र ५ पुरुष गरी २० जनाको नाम अन्तिम रूपमा चयन गरेको पार्टी प्रवक्ता देवराज चालिसेले जानकारी दिए।

कांग्रेसले यस पटकको निर्वाचनमा समानुपातिकतर्फ २० सिट जितेको छ। प्रतिनिधिसभा र राष्ट्रिय सभा गरी कांग्रेसका कुल ६२ सांसद हुनेछन्। तीमध्ये ३३ प्रतिशत अर्थात् कम्तीमा २१ जना महिला प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने संवैधानिक व्यवस्था छ। सोही व्यवस्थाअनुसार कांग्रेसले समानुपातिक सूचीमा १५ जना महिला उम्मेदवार चयन गरेको चालिसेले बताए।

उनका अनुसार क्लस्टर मिलाएर सांसद चयन गरिएको छ। जसअनुसार आदिवासी जनजातिबाट ६ जना, खस आर्यबाट ६ जना तथा थारु, दलित, मधेसी, मुस्लिम र पिछडिएको समुदायबाट गरी ५ जना सांसद चयन गरिएको छ।

समानुपातिकतर्फ चयन भएका सांसदहरूको नामावली छिट्टै निर्वाचन आयोग नेपाल मा बुझाइने तयारी कांग्रेसले गरेको छ।

प्रकाशित मिति : २०८२, ३० फाल्गुन आईतबार  ३ : ५४ बजे

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको

कांग्रेस महाधिवेशन : उम्मेदवारहरूको नामावली सार्वजनिक

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि

आजको मौसम : विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना, चट्याङ र हावाहुरीबाट सतर्क रहन आग्रह

काठमाडौं । देशमा पश्चिमी न्यून चापीय प्रणालीसँगै मनसुनी वायुको प्रभाव

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ६३५ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ६३५ वटा सवारीसाधनका

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय