२०८३, ११ कार्तिक बुधबार

कांग्रेसले टुंग्यायो समानुपातिक सूची, २० मध्ये १५ जना महिला

कांग्रेसले टुंग्यायो समानुपातिक सूची, २० मध्ये १५ जना महिला


काठमाडौं । नेपाली कांग्रेस ले प्रतिनिधिसभातर्फका २० जना समानुपातिक सांसदहरूको नाम टुंगो लगाएको छ।

आज बसेको पार्टी बैठकले १५ महिला र ५ पुरुष गरी २० जनाको नाम अन्तिम रूपमा चयन गरेको पार्टी प्रवक्ता देवराज चालिसेले जानकारी दिए।

कांग्रेसले यस पटकको निर्वाचनमा समानुपातिकतर्फ २० सिट जितेको छ। प्रतिनिधिसभा र राष्ट्रिय सभा गरी कांग्रेसका कुल ६२ सांसद हुनेछन्। तीमध्ये ३३ प्रतिशत अर्थात् कम्तीमा २१ जना महिला प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने संवैधानिक व्यवस्था छ। सोही व्यवस्थाअनुसार कांग्रेसले समानुपातिक सूचीमा १५ जना महिला उम्मेदवार चयन गरेको चालिसेले बताए।

उनका अनुसार क्लस्टर मिलाएर सांसद चयन गरिएको छ। जसअनुसार आदिवासी जनजातिबाट ६ जना, खस आर्यबाट ६ जना तथा थारु, दलित, मधेसी, मुस्लिम र पिछडिएको समुदायबाट गरी ५ जना सांसद चयन गरिएको छ।

समानुपातिकतर्फ चयन भएका सांसदहरूको नामावली छिट्टै निर्वाचन आयोग नेपाल मा बुझाइने तयारी कांग्रेसले गरेको छ।

प्रकाशित मिति : २०८२, ३० फाल्गुन आईतबार  ३ : ५४ बजे

इजरायलमा नेतान्याहुको लिकुड पार्टी अगाडि, सरकार गठनमा अन्योल

२५ प्रतिशत मतगणना हुँदा लिकुडलाई ३२ सिटको अग्रता, गठबन्धनले ६३

उपत्यकामा २४ घण्टामा ६४३ सवारीसाधनमाथि कारबाही

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६४३ सवारीसाधनमाथि

दशैं तिहारमा राराताल आउने पर्यटक बढे

कालीकोट । दशैं तिहारको बिदामा राराताल घुम्न आउने पर्यटकको संख्यामा

नेपालका शासकले फ्रान्सबाट के सिक्ने ?

फ्रान्सको आन्दोलन नेपालका शासकका लागि पनि चेतावनी हो। जनताको असन्तुष्टिलाई

लुम्बिनीका सभामुख घर्तीसहित पाँच जनाविरुद्ध जालसाजीको आरोपमा मुद्दा

बुटवल । लुम्बिनी प्रदेशसभाका सभामुख तुलाराम घर्ती र प्रदेशसभा सचिव