२०८२, ३० फाल्गुन आईतबार

सूर्यविनायकमा ‘स्वास्थ्य र बुढ्यौलीका लागि सहारा परियोजना’ सुरु

सूर्यविनायकमा ‘स्वास्थ्य र बुढ्यौलीका लागि सहारा परियोजना’ सुरु


भक्तपुर, ३० फागुन । सूर्यविनायक नगरपालिका र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा भक्तपुरको साझेदारीमा तथा स्विस रेडक्रसको आर्थिक सहयोगमा सूर्यविनायक नगरपालिकामा ‘स्वास्थ्य र बुढ्यौलीका लागि सहारा परियोजना’ लागू भएको छ ।

सूर्यविनायक नरपालिका भित्र बसोबास गर्ने जेष्ठ नागरिकहरूको स्वास्थ्य सुधार, सामाजिक सहभागिता र बुढ्यौलीमैत्री समुदाय निर्माण गर्दै जेष्ठ नागरिकहरुको संरक्षण गर्ने लक्ष्यका साथ परियोजना लागू गरेको नगरपालिकाका प्रमुख वासुदेव थापाले बताउनुभयो ।

परियोजनाका लागि प्रत्येक वडामा स्वयंसेवकका रुपमा छनौट भएका जनशक्तिका लागि सूर्यविनायक नगरपालिका, साहारा परियाजना र नेपाल रेडक्रस सोसाईटीले आयोजना गरेको पाँचदिने व्यबहार परिवर्तन सम्बन्धी तालिमको शनिवार समापन कार्यक्रममा प्रमाणपत्र वितरण गर्दै उहाँले यस्तो बताउनु भएको हो ।

यसअघि पनि यस नगरपालिका भित्र बसोबास गर्ने जेष्ठ नागरिकलाई सन्तानले गाँसबाँसको व्यवस्था नगरेमा नगरपालिकाले दिने सेवाबाट बन्द गर्ने घोषणा गरेको बताउदै यस नगरपालिका भित्र बस्ने कोही पनि जेष्ठ नागरिकले कुनै पनि अधिकारबाट बञ्चित हुन नदिने गरि व्यबस्था गर्दै आएको बताउनुभयो ।

नगर प्रमुख थापाले भन्नुभयो, “नगरवासीले तिरेको करको दुरुपयोग हुन दिएका छैनौ, यस नगरलाई बालमैत्री र जेष्ठ नागरिक मैत्री नगर घोषणा गर्ने लक्ष्य लिएका छौं, यस नगरपालिकाको नौ वर्षको कार्यकालमा भौतिक संरचनाको विकास गरिसक्यौं, अब प्रत्येक नागरिकको हातमा सीप, क्षमता विकासको अभियान सुरु गरेका छौं ।”

उहाँले जेष्ठ नागरिकको जीवनयापनमा सहजता ल्याउन नगरपालिकाले थप बजेटको व्यबस्थापन गरेर जाने बताउनुभयो ।

नगरपालिकाले जेष्ठ नागरिकको सम्मान गर्दै आएके बतउदै उहाँले नौ वर्ष नगरपालिकाको सम्पूर्ण विकासमा लागेको र अबको १४ महिना पनि नगरपालिकाको समग्र विकासलाई ध्यान दिएर कार्य गर्ने बताउनुभयो ।

नगर प्रमुख थापाले आफ्नो कार्यकालमा सबै बैठक सर्वसम्मत रुपमा निर्णय गरेको, कुनै पनि बिवाद नगपालिकामा नआएको, जनप्रतिनिधिहरु एक ढिक्का भएर नगरको विकासमा लागेको, जनप्रतिनिधि र कर्मचारी एकआपसमा हातमालो गरेर अगाडि बढेको र ऐन, नियम विपरित कहिल्य नगएको बताउदै अबको बाँकी १४ महिना पनि जस्तोसुकै दबाब आए पनि ऐन र नियमभन्दा बाहिर गएर काम नगर्ने बताउनुभयो ।

कार्यक्रममा नगरपालिकाका प्रवक्ता एवं सामाजिक विकास शाखाका संया्जक रबिन्द्र सापकोटाले नगरपालिकाले यहाँको विकासलाई तिब्रगतिमा अगाडि बढाएर नौ वर्षको अन्तरालमा सम्बृद्ध नगरपालिका बनाउँदा पनि केही गरने भन्ने भाष्य फैलाइएको बताउदै स्वयंसेवकहरुले यसलाई चिर्नु पर्ने बताउनुभयो ।

उहाँले परियोजनाका लागि वडा वडामा पुग्दा त्यहाँको विकासका सन्दर्भ, नगरपालिकाले प्रवाह गरेको सेवा, सुबिधासंगै जेष्ठ नागरिकहरुको सबै अधिकार सुनिश्चितताका लागि लाग्नु पर्ने बताउनुभयो ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा भक्तपुरका सभापति परशुराम पाण्डेले ज्येष्ठ नागरिकहरुको स्वास्थ्य, अन्य अधिकारका साथै उनीहरुको आवश्यक सेवाहरुको पहुँचमा अभिबृद्धि गर्ने र ज्येष्ठ नागरिकहरु प्रति समाजले गर्ने ब्यवहारमा सकारात्मक परिवर्तन ल्याउने उद्धेश्यले सहारा परियोजना लागू गरेको बताउनुभयो । उहाँले स्वीस रेडक्रसले परियोजना र नगरपालिकाको बराबर साझेदारीमा परियाजना लागू भएको र यसले जेष्ठ नागरिकको सम्पूर्ण अधिकार सुनिश्चित गर्ने बताउनुभयो ।

प्रकाशित मिति : २०८२, ३० फाल्गुन आईतबार  १ : ४४ बजे

सूर्यविनायकमा ‘स्वास्थ्य र बुढ्यौलीका लागि सहारा परियोजना’ सुरु

भक्तपुर, ३० फागुन । सूर्यविनायक नगरपालिका र नेपाल रेडक्रस सोसाइटी

रास्वपाले भन्यो-समानुपातिक सूची आज बुझाउने, नयाँ सरकार बन्न १० दिन लाग्नसक्छ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीबाट समानुपातिक सांसद

लेबनानमा नेपाली शान्ति सैनिक रहेको ठाउँमा आक्रमण, सैनिक सुरक्षित

काठमाडौँ । लेबनानमा नेपाली शान्ति सैनिकको हेडक्वाटरमा हमला भए पनि

रवि लामिछानेको मुद्दा फिर्ता निर्णयविरुद्धको रिट आज सुनुवाइमा

काठमाडौं । रवि लामिछानेसँग सम्बन्धित मुद्दा फिर्ता लिने महान्यायाधिवक्ताको निर्णयविरुद्ध

रास्वपाको सचिवालय बैठक आज बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज