काठमाडौं । नेकपा एमालेका उपमहासचिव लेखराज भट्टले पार्टीले भदौ २३ र २४ का घटनाबारे जनतासमक्ष सही ढंगले कुरा राख्न नसक्दा एमालेविरुद्ध नकारात्मक जनमत बनेको बताएका छन्।
आज बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले चुनावी समीक्षा औपचारिक रूपमा छलफल नभएको बताए। अध्यक्ष केपी शर्मा ओली शोकमा रहेकाले मुक्त भएपछि मात्रै विस्तृत समीक्षा हुने उनले बताए।
भट्टका अनुसार पार्टीका विभिन्न तहमा अहिले स्वतःस्फूर्त रूपमा चुनावी समीक्षा भइरहेको छ। उनले भदौ २३ र २४ का घटनाक्रमबारे पार्टी र नेतृत्वको वास्तविक भूमिका जनतामाझ पुर्याउन नसक्दा एमालेविरुद्ध गलत भाष्य बनेको र त्यसले जनमत प्रभावित भएको बताए।
उनले आजको बैठकले समानुपातिक सांसद चयन गरेको भए पनि संसदीय दलको नेताबारे भने कुनै छलफल नभएको जानकारी दिए।






प्रतिक्रिया