२०८३, २७ भाद्र आईतबार

‘अवैध सैन्य कारबाहीले क्षेत्रीय शान्ति भंग’ भन्दै इरानको नयाँ नेतृत्व चयनको अधिकारको समर्थन

‘अवैध सैन्य कारबाहीले क्षेत्रीय शान्ति भंग’ भन्दै इरानको नयाँ नेतृत्व चयनको अधिकारको समर्थन


काठमाडौं । उत्तर कोरियाले इरानमा अमेरिका र इसराइलले गरेको आक्रमणको कडा आलोचना गरेको छ।

फेब्रुअरीको अन्तिम दिन अमेरिका र इसराइलले संयुक्त रूपमा सैन्य कारबाही गरी इरानका सर्वोच्च नेता आयातोल्लाह अलि खामेनीसहित उच्च अधिकारीहरूको हत्या गरेको थियो। इरानले जबाफी हमला गर्दै मध्यपूर्वमा रहेका अमेरिकी सैन्य आधार शिविरहरूलाई निशाना बनाएको छ।

उत्तर कोरियाले पहिलो दिन नै अमेरिकी कदमको निन्दा गरेको थियो।  ११ औं दिनमा युद्ध जारी रहँदा उत्तर कोरियाको विदेश मन्त्रालयका एक जना प्रवक्ताले फेरि हमलाको कडा निन्दा गरेका हुन्। उनले नयाँ सर्वोच्च नेता चयन गर्ने इरानको अधिकारको पनि सम्मान गर्ने जनाएको उत्तर कोरियाको सरकारी समाचार संस्था केसिएनएलाई उद्धृत गर्दै अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनले लेखेको छ।

प्रवक्ताले ती आक्रमणहरूलाई अवैध सैन्य कारबाही भन्दै त्यसले क्षेत्रीय शान्ति भंग गर्दै विश्वव्यापी अस्थिरता बढाएको आरोप लगाएका छन्।   इरानको आन्तरिक राजनीतिमा बाह्य हस्तक्षेप भएकोमा उत्तर कोरियाले चिन्ता व्यक्ति पनि गरेको छ। उसले कुनै पनि देशको सरकार कमजोर बनाउने उद्धेश्यले गरिने कारबाही स्वीकार नहुने चेतावनी दिएको छ।

नयाँ सर्वोच्च नेता विज्ञहरूको सभा (एसेम्ब्ली अफ एक्सपर्ट)ले गरेका कारण त्यसलाई इरानी जनताको अधिकार भनेको छ। सर्वोच्च नेता अली खामेनीको हत्या भएपछि इरानमा मोज्तबा खामेनीलाई नयाँ सर्वोच्च नेता नियुक्त गरिएको छ।  

प्रकाशित मिति : २०८२, २६ फाल्गुन बुधबार  १० : १५ बजे

सिन्धुलीको मासु प्रशोधन उद्योगमा छापामारी, गैरकानूनी रूपमा कामगर्दै चिनियाँहरू

सिन्धुली । निर्माणाधिन सिन्धुलीको मासु प्रशोधन उद्योगमा आज अध्यागमन विभाग

ग्यास अभाव विवाद चर्किएपछि उद्योगमन्त्री यादवको राजीनामा

काठमाडौं । ग्यास अभावको समस्या समाधान गर्न नसकेको भन्दै चौतर्फी आलोचना

बाढीपहिरो पीडितको उद्धार तथा राहतका लागि टेक्नो मोबाइलद्वारा १० लाख रुपैयाँ सहयोग

काठमाडौँ ।  अविरल वर्षाका कारण उत्पन्न बाढीपहिरो तथा प्राकृतिक विपद्बाट

केम्पो ओपन कपमा प्रतिस्पर्धा गर्न नेपाली टोली पोर्चुगल प्रस्थान

काठमाडौं । विश्वका करिब ३० देशका खेलाडी सहभागी हुने अन्तर्राष्ट्रिय

गगन थापा स्याङ्जा जाँदै, गोपालमान श्रेष्ठको ४५औँ पुण्यकार्यमा सहभागी हुने

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा स्याङ्जा जाने भएका छन्।