२०८२, २२ चैत्र सोमबार

पुटिन-पेजेश्कियान टेलिफोन वार्ता : मध्यपूर्वको युद्ध र क्षेत्रीय तनावबारे छलफल

पुटिन-पेजेश्कियान टेलिफोन वार्ता : मध्यपूर्वको युद्ध र क्षेत्रीय तनावबारे छलफल


काठमाडौं । भ्लादिमिर पुटिन र मसुद पेजेश्कियानबीच टेलिफोन वार्ता भएको छ। वार्ता मुख्यतः मध्यपूर्वमा जारी युद्ध र क्षेत्रीय तनावका विषयमा केन्द्रित रहेको बताइएको छ।

रुसका राष्ट्रपति पुटिनले मंगलबार राति इरानी राष्ट्रपति पेजेश्कियानसँग टेलिफोनमा कुराकानी गरेका हुन्। क्रेमलिनका अनुसार वार्ताका क्रममा पुटिनले जारी युद्ध छिट्टै रोकेर क्षेत्रीय तनाव कम गर्न आवश्यक रहेको बताएका थिए। उनले द्वन्द्वको समाधान कूटनीतिक माध्यमबाट खोजिनुपर्नेमा जोड दिएका थिए।

फोन वार्ताका क्रममा पेजेश्कियानले रुसले गरेको समर्थन र मानवीय सहयोगका लागि धन्यवाद व्यक्त गरेका थिए।

यसअघि डोनाल्ड ट्रम्पले पनि आफूले पुटिनसँग टेलिफोनमा कुराकानी गरेको बताएका थिए। ट्रम्पका अनुसार दुई नेताबीच इरानमा भइरहेको युद्ध र रुस–युक्रेन युद्धको अवस्थाबारे पनि छलफल भएको थियो।

ट्रम्पले पुटिनले इरानको युद्ध अन्त्य गराउन सहयोग गर्ने प्रस्ताव गरेको बताएका छन्। तर उनले पुटिनलाई रुस–युक्रेन युद्ध अन्त्य गराउन मद्दत गर्न सके त्यो अझ उपयोगी हुने प्रतिक्रिया दिएका थिए।

फेब्रुअरीको अन्तिम साता अमेरिका र इजरायलको संयुक्त आक्रमणमा इरानका सर्वोच्च नेता अली खामेनीसहित केही शीर्ष नेताको मृत्यु भएको थियो। त्यसपछि इरानले उनका छोरा मोज्तबा खामेनीलाई नयाँ सर्वोच्च नेता चयन गरेको छ।

पुटिनले सोमबार मोज्तबा खामेनीलाई इरानको नयाँ सर्वोच्च नेता बनेकोमा बधाई दिएका थिए। ट्रम्पले भने नयाँ नेताप्रति असन्तुष्टि जनाउँदै मोज्तबा खामेनीलाई धेरैले नचिनेको टिप्पणी गरेका थिए।

प्रकाशित मिति : २०८२, २६ फाल्गुन बुधबार  ९ : ४७ बजे

प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन

काठमाडौँ । प्रतिनिधिसभाको नयाँ नियमावली तर्जुमा गर्न १५ सदस्य मस्यौदा समिति

गुण्डागर्दी आरोपमा ‘रेम्बो’ भनिने कोर्तु गुरुङ पक्राउ

काठमाडौं । काठमाडौंमा गुण्डागर्दी तथा सार्वजनिक सुरक्षा उल्लंघन आरोपमा कोर्तु

कांग्रेस संसदीय दलको बैठक बस्दै, दलको नेता चयनबारे छलफल हुने

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बिहान ११

आजदेखि सरकारी कार्यालय ९ बजेदेखि खुल्ने

काठमाडौं । आजदेखि सरकारी कार्यालयहरू बिहान ९ बजेदेखि बेलुकी ५

अमेरिकी डलरको मूल्य स्थिर, अन्य मुद्राका विनिमयदर सार्वजनिक

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर