२०८३, २० आश्विन बुधबार

समानुपातिकतर्फ १ करोड ७ लाख मत गणना, कसले कति सिट पाउँछन् ?

समानुपातिकतर्फ १ करोड ७ लाख मत गणना, कसले कति सिट पाउँछन् ?


काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ।

निर्वाचन आयोगले अद्यावधिक गरेको विवरणअनुसार बुधबार बिहान पौने ७ बजेसम्म १ करोड ७ लाख ३० हजार ५५१ मत गणना सकिएको छ।

हालसम्मको गणनाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सबैभन्दा बढी ५१ लाख १९ हजार ६१९ मत प्राप्त गरेको छ, जुन कुल गणना भएको मतको ४७.५९ प्रतिशत हो। त्यस्तै नेपाली कांग्रेस ले १७ लाख ४७ हजार ७३७ मत (१६.२८ प्रतिशत) प्राप्त गरेको छ भने नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) (एमाले) ले १४ लाख ४८ हजार ३१८ मत (१३.४९ प्रतिशत) पाएको छ।

त्यसैगरी नेपाल कम्युनिस्ट पार्टी ले ८ लाख ३ हजार ६२७ मत (७.४८ प्रतिशत) प्राप्त गरेको छ। श्रम संस्कृति पार्टी ले ३ लाख ७८ हजार ५८७ मत (३.५२ प्रतिशत) तथा राष्ट्रिय प्रजातन्त्र पार्टी ले ३ लाख २९ हजार ४५७ मत (३.०७ प्रतिशत) पाएका छन्। यस्तै जनता समाजवादी पार्टी, नेपाल ले १ लाख ७४ हजार ३०६ मत प्राप्त गरेको छ, जुन करिब १ प्रतिशत हाराहारी हो।

प्रत्यक्षतर्फ १ सिट र समानुपातिकतर्फ कम्तिमा ३ प्रतिशत मत ल्याउने दलले मात्रै राष्ट्रिय दलको मान्यता पाउने व्यवस्था छ। यस आधारमा जसपा नेपाल राष्ट्रिय दल बन्ने सम्भावना न्यून देखिएको छ। फागुन २१ गते सम्पन्न निर्वाचनमा कुल १ करोड ९ लाख ७७ हजार मत खसेको थियो। यसअनुसार करिब २ लाख ७० हजार मत गणना हुन बाँकी छ।

हालसम्मको मतपरिणामलाई मत विभाजक सूत्रबाट हिसाब गर्दा समानुपातिकतर्फ रास्वपा ५८, कांग्रेस १९, एमाले १६, नेकपा ९, श्रम संस्कृति ४ र राप्रपा ४ सिट प्राप्त गर्ने देखिएको छ।

प्रकाशित मिति : २०८२, २६ फाल्गुन बुधबार  ९ : ३९ बजे

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको

कांग्रेस महाधिवेशन : उम्मेदवारहरूको नामावली सार्वजनिक

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि

आजको मौसम : विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना, चट्याङ र हावाहुरीबाट सतर्क रहन आग्रह

काठमाडौं । देशमा पश्चिमी न्यून चापीय प्रणालीसँगै मनसुनी वायुको प्रभाव

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ६३५ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ६३५ वटा सवारीसाधनका

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय